– निमा डि.सी.

मुक्तक १,
चिनिदैन मानिस  बोलीवचन र  अनुहार, बाट
गहिरो चोट, दिनेले  मज्जालिदैछ   किनार,बाट
कसरी,हटाऊँ यी, जलन र छट्पटी म,  कसरी ?
दिलकोघाउ निको पारूँ कुन औषधोपचार,बाट

मुक्तक २,
आफैँलाई टेको दिइरहेको हुन्छ बलो बुझ्दैनन्
कसले दुर्गति चाहन्छ,को चाहन्छ भलो बुझ्दैनन्
झूटो र भ्रमको पछि रमाउन थालेपछि मान्छेहरू
बिर्सिन्छन  आफैँ जन्मिएको  थलो   बुझ्दैनन्

मुक्तक ३,
हुनसक्छ फूलबाट घातप्रतिघात नखोल्नू
आफ्नै सम्झेर कसैसँग  औकात नखोल्नू
असल मानिएका मित्र दुस्मन बन्नसक्छन्
हतारमा कसैसँग आन्तरिक बात नखोल्नू

मुक्तक ४
आभासमा रहेनौ आज  नजरमा  रहेनौ
तिमी मेरा रसिक गुलाबी अधरमा  रहेनौ
सपनामा थियौ दिलकै,अति  थियौ प्रिय!
झर्‍यौ वेदनाका आँसुसँगै  रहरमा  रहेनौ

मुक्तक ५
जीवनको अन्तरङ्गमा मेरो तक्दिर बनेर आयौ
उराठ प्यासी बगर थिएँ म तिमी नीर बनेर  आयौ
बल्थ्यो मभित्र  पीडाको ज्वाला थिए छटपटी हजार
तिमी मेरो मनको हलचल मेटाउन स्थिर बनेर आयौ

प्रतिक्रिया

सम्बन्धित खवर