– मनिराम मञ्जिल

सिर्जनशील मस्तिष्कहरूलाई
सहिद घोषणा गरेर
जिउदा लाशहरूबाट शासित
हुनुको परिणाम हो
गरिबी ,भोकमरी  ,पछौटेपन
र यो विराट असन्तुष्टि
सहिद हुनुहुदैन क्रान्तिकारी मस्तिष्कहरू
शालिकमा सीमित हुनुहुँदैन त्यो उत्साह र जाँगर

कहाँ छन् ती रगत उमाल्ने बिचारहरू
कहाँ छन् मस्तिष्क मन्थन गर्ने
ठेकी र मदानीहरू

प्रिय सहिद एक दुई झुट बोलेरै सही
थाप्नु हुन्थेन छातीमा तानाशाहको गोली
तिमी बाच्नुपर्थ्यो  …
हेर! आज तिम्रो नाम बेचेर
शासन गर्नेहरूले देशलाई उहीँ
मृत युगमा पुर्याए

यदी लिक्वान यू सहिद भएका भए
कहाँ पाउथ्यो सिंगापुरले आजको समृद्धि
चंपारण  सत्याग्रहमै
सहिद भएका भए गान्धी
कहाँ हुन्थ्यो दण्डी मार्च कहाँ हुन्थे होलान् र
स्वतन्त्रता निम्ति कैयन आन्दोलन
र  सत्याग्रहहरू
कति पर धकेलिन्थ्यो
भारतीय द्विपको स्वतन्त्र अभियान
सहिदमै सीमित भएका भए थोमस पेन
कति दूर धकेलिन्थ्यो अमेरिकी स्वतन्त्रता
उहीँ महान सहिदकै परिभाषा भित्र
सीमित भएका भए नेन्सल मण्डेला
कैयौ शताब्दी चलिरहन्थ्यो
काला जातीको संघर्ष र सहिद
हुनुको अविराम शृङ्खला
त्यसैले तिमी बाँच्नुपर्थ्यो
समृद्धिका निम्ति बाँच्नु्थ्यो।

***

प्रतिक्रिया

सम्बन्धित खवर