– प्रेम पुन मगर

“नाँच्न नजान्नेलाई आँगन टेडो। भने झैँ मान्छे अज्ञानी भएपछि अनेक हुँदोरहेछ।”

धनबहादुरलाई उनको छोरोले रिसाउँदै व्यङ्ग्य  हान्दा पनि धनबहादुर मौन नै रहे।

यो देखेर छोरोले झन उग्र बन्दै अगाडि थपे।

“चिसो पिउन दियो।  पिनासले सताउँछ रे।चिया पिउन दियो।सुगर बढ्छ रे। दूध पिउन दियो।ग्याष्ट्रिक बढ्छ रे।
मासु पकायो , युरिक एसिड बढ्छ रे। यस्तो पनि हुन्छ? ”

” यस्तै हुन्छ त, म के गरुँ बाबू?” उनी  दुखी स्वरमा बोले।
“संसारमा भएजति रोग एउटै मान्छेलाई..!! .. यस्तो कसरी हुन्छ? के पारा हो बुवा?”   छोरोको प्रश्नमा उनले शान्त भावमा भने-

” तिम्रो उमेरमा मैलेपनि यही  कुरा मेरो बुवालाई  भनेको अहिले सम्झिरहन्छु छोरा।”

***

प्रतिक्रिया

सम्बन्धित खवर