
– गंगाराम ढकाल
“लौन गाई विमारी भयो ! काइलाबाजे । आखतहेरी दिनु पर्यो ।” एकाबिहानै बाटाघरे राइली आमै चामल लिएर आइन् । काइलाबाजे टपरीका चामल चिम्टीमा गन्दै सोध्छन्, “कहिले बाट विमारी भएको हो ?” राइली भन्दैजान्छिन्, “हिजो विहान दुई माना दूध दुएकी थिएँ । हिजैमात्र एक भारी सालीम घाँस ल्याउदा कसका आँखा परे । साँझ त गाईले घाँसै खाएन ।” काइला बाजे उठेर सरासर आफ्नो परालको टौवा तर्फ गएर अलिकति पराल हातमा लिएर गुनगुनाउदै मन्तर जप्छन, ॐ नम नम फूफू गर्दै भन्छन, “ल लेऊ यो परालमा अरु घाँस पराल मोलेर गाइलाई देऊ ।”
नभन्दै ! घाँस पराल मिसाएर दिएपछि गाइले सबै घाँस पराल खायो ।
अर्को दिन राइलीकी जेठी छोरी ” म विमारी भए” भन्दै चामल लिएर काइला बाजे कहाँ गईन । काइला बाजेले नारी छामे । चामल गन्दै गुनगुनाउदै मन्तर भने “ॐ नम नम”। झाडुमा आगो लगाइ “फट् फूफू” विमारीलाई झटारे । “लेऊ यो मन्तरेको पानी मिसाइ एक अँखोरा पानी पिऊ भन्दै हल्दी मिसाएको पानी दिए ।” पानी पिएको केही बेरमै ऊ ठिक भई । यस्तै यस्तै गाऊँमा हुने गरेका सानातिना विमार त काइला बाजेले मन्तर फूफू गरेरै ठिक पारी दिन्थे ।
गाउँमा ठूलै लामा गनिदै गए काइला बाजे । एक गाउँ अर्को गाउँ गर्दै पर पर सम्म कइला बाजेको नाम प्रख्यात हुदै गयो । उनको घरमा विरामी हरुको लाइन नै हुदै गयो । सानो तिनो हस्पिटल काइला बाजेको घर र डाक्टर काइला बाजे जस्तो भयो । जुक्ती लगाउन सक्ने चतुर भएर पनि उनले सफलता पाउदै गएका थिए । चामल गन्दै गर्दा विरामी बाट सवै वृतान्त बुझि सक्थे । त्यसै अनुसारको औषधी मन्तरेर दिने गर्दथे । गाउँ बासीहरु भने बोक्सी लागेर हो । बोक्सीका आखाँ परेर हो भनि दिन्थे । गाउँलेहरु विश्वास गर्दै गए ।
एक दिन गाउलेहरु जुटेर छलफल गर्दै थिए । गाउँमा को छ बोक्सी बत्ता लगाउन । बोक्सी नभएको भए किन काइला बाजेले मन्तरे पछि सञ्चो हुन्छ । गाउँका युवा वर्ग पनि अकमक्क परिरहेका थिए । यतिकैमा राइलीले पोल हालीन् । चमेलीले घाँस ल्याउदा देखेकी थिइ अनि गाईले घाँस खाएन । बाटोमा छोरी संग बोलेकीले बिरामी भएकी । सवैले एक एक गर्दै उही चमेली माथी आरोप लगाउदै गए । सबैले त्यस्ती बोक्सीलाई छोड्न हुदैन भन्न थाले । “आजै उसलाई गाऊँबाट निकाल्नु पर्छ” कसैले भन्यो । सवै मान्छेको हुल चमेलीको घर तर्फ हल्ला गर्दै बढयो ।
चमेलीको घरमा गएर उसलाई लछार पछार गरे । लगाएका कपडा पनि च्यातिदिए । पिटाइ त कति खाई कति । शरिर भरी निलाडाम रगतम्य भएकी थिई चमेली गाउँ बाट लखेटिई ।
क्सैले पनि अनुमान लगाउन सकेन । किन चमेलीलाई बोक्सीको आरोप लगाइयो त ? कसरी चमेली बोक्सी भई ?
कुरो बुझ्दै जादा पत्ता लाग्यो । जवानी उमेरमा साहै राम्री थिई चमेली । कुमारी अवस्थामै गाउँका ठूलाबढाहरु बाट इजजत लुटिएकी थिई । दनिक दशौ जना लाठेहरुले मोज लुटदथे । विचरा चमेली भने विचेत हुदै जान्थी । गाउँकै ठूला भनाउदा हरुनै राक्षस बने पछि उसमाथी कसले न्याय दिलाउथ्यो र । कसले पो उसको कुरा सुन्थ्यो र । कसलाई आरोप लगाउने ? जसको परिणाम ऊ सुस्त मनस्थिति हुदै गई । एक हिसावले ऊ पागल हुदै गई । आफ्नो सुन्दर शरिरको स्याहार गर्न छोडिदिई । कपाल जिङ्गरिङ्ग भयो । हेर्दै भुतिनी जस्ती भई । अव मोज लुट्नेहरु आफ्नो पोल खुल्ने डरले उसलाई हटाउने चाहन्थे । अनि त पागल भएकीलाई बोक्सी भनिदिए । गाउँ बासीहरु लाइ पनि चमेली बोक्सी भई भनेर विश्वास्त पारे । वनको वाघले नखाए पनि मनको बाघले खादो रहेछ । काइला बाजे जस्तालाई पनि गाउलेको माझ नाम कमाउन परेको मौकाको चौका किन नछोप्ने । ठूलाबढाहरु बाट बुनिएको जाल सोझा गाउले लाई के थाहा । सबै रयाङ्गठ्याङ्ग मिलेपछि हामी पनि अवला, असक्त, गरिव र कमजोर नारीलाई बोक्सी भनिदियौ । अन्तर आत्मले नमाने पनि बलत्कारी जिन्दाबाद । जन्तरे मन्तरे काइला बाजे अमर रहुन । नभने कतै हामी पनि गाँउ निकाला पो हुने हो कि ?
हे शिव हामीलाई चमेली जस्ता तमाम नारीको पाप नलागोस । पाठक बन्धुहरु समाजमा पिछाडिएकी नारी कतै कथाकी पात्र त बनेकी छिन कि ?
***
प्रतिक्रिया
-
४