– लक्ष्मी काफ्ले
१,
आफ्नै स्वार्थको ईशारामा चलिरहेछन् आज
एक-अर्कोको रिस रागमा जलिरहेछन् आज
बाक्लो दालको लिप्पामा एकलौटी बन्दा सबै
पँखेटा काटिएसरि एकै ठाउॅ थलिरहेछन् आज
२,
दिन बितिरहेछ उकाली ओराली दाउरा घाँससँगै
भोलिको सुख खोज्दै काल्पनिक झिनो आशसँगै
न माइतीमा स्वामित्व मिल्छ न कर्म घरमा मिल्छ
नारीको जीवन अल्झिदिन्छ रूखो सितो गाँससँगै
३,
स्वार्थकै लागि होडदौड केही गर्ने छाँट छैन
श्रम गर्ने श्रमजीवीको गरि खाने फाँट छैन
तिमी गर्छौ किन सधै रङ्गिन महलको कुरा
दिनरात जोतिन्छ जो उसैको सुत्ने खाट छैन
४,
उम्रे गन्य जताततै रसिलो खेत टारी भयो
नौजवान भौतारिँदै मरूभूमि श्रम पारी भयो
बाबुले बालुवा चाल्दै सन्तान सक्षम बनाए
वृद्ध अवस्था पर्दा न रेखदेख न छहारी भयो
५,
महान् ती आमाको मर्म छुट्टै हुन्छ
सन्तानप्रति लगाव र कर्म छुट्टै हुन्छ
सन्तान तृप्त बनाउँदा आनन्दित हुने
उनको कर्तव्यसँगसँगै धर्म छुट्टै हुन्छ
***
प्रतिक्रिया
-
४