संखुवासभाका राजकुमार राई हाल हङकङमा स्थायी रुपमा बसोबास गर्दै आईरहेका छन् । समाजसेवी, बिशेषत पुस्तकालय निर्माण र पुस्तक दान गर्ने अग्रपङ्क्तिमा नाम आउने राईको भर्खरै किवाहाङ नामक उपन्यास प्रकाशित भएको छ । यही उपन्यासको सेरोफेरोमा सम्वादक जीवन खत्रीले राईलाई गरेका पाँच प्रश्न र उनका जवाफहरू,
१) किवाहाङ उपन्यासको बारेमा परिचय गराईदिनुस न, जसलाई पढेर पाठकले यो उपन्यास छनोटका लागि सहयोग पुगोस् ।
– करिब ५२ लाख जनसंख्या भएको नेपालबाट प्रथम र दोस्रो विश्व युद्धमा करिब ८ लाख नेपाली हरू तत्कालीन नेपाल र ब्रिटिशसरकारबाट नेपालीहरू विश्व युद्धमा किन जबरजस्ती पठाए ? युद्ध पिडितहरूले अहिले सम्म किन क्षतिपूर्ति पाएनन ? ६० बर्ष अगाडि ब्रिटिश गोर्खा सैनिकहरू मलेशिया, हडकड, सिंगापुर, ब्रुनाई, वेलायतको सैनिक जीवन कस्तो थियो? ब्रुनाईको सुल्तानलाई ब्रिटिश गोर्खाहरुले कसरी चार घण्टामा बिद्रोहीको कब्जाबाट मुक्त गरेर पुन राजसत्ता दिलाए ? उल्लेख देशहरूमा गृहयुद्ध मा गोर्खाहरूको भूमिका (संक्षिप्त _ अलिखित गोर्खा युद्ध इतिहास, किराँत सभ्यता, लाहुरे संस्कृति, लाहुरेहरूबाट नेपाल लाई दिएको योगदानको सम्झना पनि हो किवाहाङ ।
२) किवाहाङ बिशेष किराती भाषाको शब्द हो भन्ने सम्म अनुमान बाहेक नेपाली पाठकले नबुझ्न सक्नुहुन्छ । यसको नाम छनोट, अर्थका बारेमा भनिदिनुस्
– उपन्यास को प्रमुख पात्रा किवाहाङ (बाघको राजा)बाट उपन्यास को नाम जुराईएको हो । नेपाली साहित्यमा महिला पात्राहरूबाट मात्र पुस्तकको नामकरण गरिएकोले नेपाली साहित्यमा पुरूष पात्रको नाम छनौट गरेँ ।
३) किवाहाङमा नेपाली लाहुरे परम्परालाई बिशेष रुपमा उठाईएको छ । नेपाली लाहुरे परम्पराको बारेमा यहाँको धारणा के हो? खासमा लाहुरेले पाउने दु:ख, राज्यले हेर्ने दृष्टिकोण र जुन देशका लागि लड्न जाने हो उसको नेपाली लाहुरेहरूलाई हेर्ने नजरको बारेमा बताईदिनुस न ।
– तत्कालिन नेपालको स्वधिनतासँग नेपालीहरूको खुन पसिना बलिदानसँग सटिएका हुन् । लाहुरेहरू लाहुर गएको थिएनन् तत्कालीन सरकारले जबरजस्ती गाउ गाँउबाट १५ देखी ४० बर्षका युवाहरू लाहुरे बनाए । दुई विश्व युद्धमा कुनै पनि लाहुरे आफू खुसी गएको थिएन पठाईएका थिए ।
त्यसको कारण, (क)ब्रिटिश ले नेपाल आक्रमण नगर्ने सर्तामा (ख) १० लाख भारू तत्कालीन शासकको व्यतिगत खातामा रोयल्टी लिने गरेका थिए । स्मरण होस्, दुई विश्वयुद्धको क्षतिपूर्ति तीन करोड ५० लाख ब्रिटिश गोर्खाहरूको निम्ति पठाए को रकम चन्द्रशमसेरले व्यतिगत प्रयोजनका निम्ति खर्च गरे ।
राणाकालिन दरबारहरू गोर्खा लाहुरेहरूलाई पठाएको रोयल्टीले निर्माण भएको थियो ।
लाहुरेहरू ब्रिटिस र नेपालको अमानवीय विभेद शोषणमा परे। गोर्खा आर्मी भएको भारत ब्रिटिशले गोर्खाहरूलाई साहसी योद्धा तर भाडाको रूपमा हेर्छ । नेपालले पैसा कमाउन गएको लाहुरेको दृष्टिकोणबाट हेरीरहेछ । ६० बर्ष पछिका लाहुरे रोजगारीको निम्ति गए पनि दुइ महायुद्धमा राष्ट्रीयता र सत्ताधारी को निम्ति पैसा कमाई दिनु गएका थिए ।
४) यहाँ एक समाजसेवी पनि हुनुहुन्छ । साब्लाबुङ पुस्तकालय अभियानको अध्यक्ष पनि हुनुहुन्छ । बिभिन्न पुस्तकालयलाई किताब पनि प्रदान गर्नुहुन्छ । पुस्तक किन पढ्नु पर्छ? पुस्तकबिनाको समाज कस्तो हुन सक्ला?
– पुस्तक जीवनको तेस्रो आँखा हो । जीवन सहज सुखी बनाउन पुस्तक पढ्न जरूरी छ ।
५, किवाहाङतिरै फर्कौँ । किवाहाङ नपढ्ने पाठकले के छुटाउँछ?
– गोर्खाहरूको अलिखित इतिहास, ६० बर्ष अगाडि गोर्खाहरू समुन्द्रपारि नेपालीको पहिचान कसरी स्थापित गरे, किँरात संस्कृति, लाहुरे संस्कृति, राणाहरूले गोर्खाको पैसाले दरबार बनाएको तथ्य, यथार्थ र इतिहासमा आधारित उपन्यास छुट्ने छ ।
प्रतिक्रिया
-
४
