– तारा केसी

बुबा आमा खुशी हुनुहुन्थ्याेे, शहरमा ठुलाे खान्दानी परिवारमा छाेरीकाे बिबाहा गरिदियाैं भनेर। चाडपर्वमा आफ्नै कारमा राखेर श्रीमानले पुराउनु हुन्थ्याे माइतीमा। गाउँभरि उषाकाे चर्चा हुन्थ्याे। फलानाकी छाेरी ठुलाे घरमा परिछ। कार चढेर आउछे जान्छे। गहनाले झपक्कै छापिएकि छे।भाग्यमानी रहिछ मास्टर हरिकृष्णकाे छाेरी

एकदिन घरमा ठुलाे पाटी भयाे ।उषाले रक्सी पिउन इन्कार गरिन्। सबै पिएर डान्समा झुमीरहेका थिए। एकदम रमाइलो बातावरण थियाे। राजीपका साथीभाई इष्टमित्रकाे ठुलाे उपस्थिति थियाे। उषालाई चुपचाप बसेकाे देखेर एकान्तमा बाेलाएर राजीपले भने;

पिउन बेवी! “ठुला ब्रान्डका लेवल लगाएका हुस्कीहरू रक्सी हाेइन क्या।”

उषाले पिउन अस्विकार गरेपछि-

“मेराे लागि भएपनि पिउनु पर्छ तिमीले “भन्दै राजीपले आँखा तरे।

“कस्ती पाखे बिहे गरेछ भन्छन् मेराे परिवारले। भाउजू बुहारीहरू पनि पिउछन्। मेराे इज्जतकाे ख्याल गर्नुपर्छ तिमीले उनकाे तर्क थियाे।

श्रीमानकाे मन राख्नकै लागि भए पनि उनले मन न नलागि नलागि पिइन् र बाथरूममा गएर बान्ता गरिन।”

हरेक दिन राजीप उषालाई साथमै राखेर पिउन लगाउथे। उषाकाे शरिरले त्याे स्विकार गर्दैन्थ्याे। उनलाई त्यसकाे असर तुरुन्तै परिहाल्थ्याे।

” तिमीले पिउन सिक्नुपर्छ। मेराे साेसाइटीसँग घुलमिल हुनुपर्छ तिमी। अझै तिमी किन आफुलाई चेन्ज गर्न सकिरहेकि छैनाैं?”
राजीपकाे हरदिनकाे प्रश्न यहि हुन्थ्याे।

उषाकाे माइतीमा धुम्रपान मध्यपान चल्दैन्थ्याे। अनुशासनकाे पालना हुन्थ्याे। बा – आमा शाहाकारी भाेजन गर्नुहुन्थ्याे। खानपिन र संस्कार नमिलेपछि प्राय ससुराली जान मान्दैनथे राजिप।

आज राजिपकाे जन्मदिन बिहानै उठेर उषाले भनिन्;
” आज हजुरकाे जन्मदिन मैले मंन्दिरमा गुरूलाई बाेलाएकाे छु।हजुरकाेलागि अष्टचिरञ्जीवीकाे पुजा पाठ गराै भनेर। छिटाे तयार हाेइस्याेन।”

राजीपलाई उषाकाे कुरा मञ्जुर भएन। उनले आफू छिट्टै साथीहरूसँग दुईदिने पाेखरा भ्रमण जाने कुरा बताएर बाथरूम तर्फ लागे। राजीपकाे माेवायलमा म्यासेज आयाे। लेखिएकाे थियाे-

“माई हर्ट छिटाे निस्क अनि सुनत मिसेस् नलिई आऊ नी ” ।

याे म्यासेज पढेर उनलाई हजार भाेल्टकाे करेन्ट लागेझै पीडा भयाे तैपनि श्रीमानकाे मन दुखाउँन चाहिनन् र कुनै प्रत्तिवाद गरिनन्।

दुई दिनपछि राजीप पाेखराबाट फर्किए। बिहान कसैले ढाेकामा घण्टी बजायाे। सहयाेगी बहिनीले उषालाई भेट्न काेहि आएकाे छ भन्ने कुरा खबर गरिन्।
नासिका बाल आश्रमबाट आएका रहेछन्। उषाले राजिपकाे जन्मदिनमा केही सहयाेग गर्छु भनेकाे हुनाले आमाले पठाइदिनु भएकाे रहेछ। केही स्कुल ब्याग, लत्ताकपडा , र केही रकम उनले त्याे बालआश्रमलाई सहयाेग गरिन।

“राेगी गरीबलाई सहयाेग गर्नुपर्छ। याे नै मानव धर्म हाे भन्नुहुन्थ्यो आमाले।”

सहयाेग गर्न खाेज्दा राजिपले गाली गर्थे उषालाई ;

” त्यस्ता मान्छेकाे नजिकै नपर” भनेर।

साडीमा सजिन मन लाग्थ्याे उनलाई । सिन्दुर पाेते लगाउन मन लाग्थ्याे तर श्रीमानकाे बिराेध हुन्थ्याे।

“तिमी त्यही पहिरन लगाऊ जुन पहिरन मेरा भाउजु बुहारीहरूले लगाउँछन्।”

आधा शरीर देखिने त्यस्ता पहिरन लगाएर उषा सासु – ससुराकाे अगाडि जान सग्दिन्थीन्। राजिप रिसले आगाे ओकल्थे ;
” पाखे”
जुन घरमा आफ्नाे पहिरन आफु खुशी लगाउँन पाइदैन। खाना आफु खुशी खान पाइदैन। आफ्ना रहरले केही कुरा गर्न पाइदैन।आफ्नाे धर्म संस्कार अनुसार केही गर्न बाेल्न पाइदैन भने जति सुकै सुबिधा सम्पन्न घरमा बसेपनि, जति सुकै आधुनिक देखिए पनि त्याे घरमा बस्ने मान्छे पसलमा सजिएकाे डमी र पखेटा काटिएकाे पंन्क्षी भन्दा के नै फरक हुन्छ र?

” मलाई आफ्नै हातले खाना खान मन पर्थ्याे।काँटा चम्चा प्रयाेग गर भन्नुहुन्थ्यो श्रीमानले। आफुलाई खाँएकाे चित्त बुझ्दैन्थ्याे। फुर्सदमा मंन्दिर जान मन लाग्थ्याे। प्रकृतिकाे रमणिय स्थल घुम्न मन लाग्थ्याे तर श्रीमानकाे रुचि अर्कै थियाे। ” बेलावखत उषा यिनै चिन्ताले ग्रसित हुन्थिन् ।

फुर्सदमा डान्सवार नाइट क्लवमा पुगेर केटीहरूसित अँगालोमा बेरिएर डान्समा झुम्न मन पराउँथे राजीप। उषालाई त्यस्ताे दृश्य मन पर्दैन्थ्याे। उनलाई अरूचि भएकाे देखेर राजिप भन्थे ;
” पाखे”

कहिलेकाहीँ माइती गएर मनभरि पाेखिन मन लाग्थ्याे उषालाई। त्यहाँकाे बाटाे , लाकुरी टुनीका बाेटहरू,बनकाँडाका फुलहरूसँग फाेक्साेभरि माटाेकाे सुगन्ध लिन मन लाग्थ्याे।

साँझपख सपिङ्ग सेन्टरबाट निस्कदै गर्दा बाटाेमा अचानक रूपासँग भेट भयाे उषाकाे। रूपा, उषाकाे मिल्ने साथी थिइन् । धेरै बर्षपछि यसरी बाटाेमा भेट भयाे।परिचयकाे क्रममा उषाले श्रीमानसँग परिचय गराइन्। रूपाले नमस्कार गरिन्। राजिपले खासै चासाे नदिए झै गरे। उषाकाे मनमा नमिठाेगरि बिझ्याे राजिपकाे ब्यवहार ।
” किन यस्ताे ब्यवहार गरेकाे मेराे साथीसँग?” उषाले न्याउराे मुख पारेर साेधिन्।
” ओेैकात मिल्नेसँग मात्र संगत गर।” भन्दै राजिपले उल्टै झपारे।
उषा केही बाेल्न सकिन।ससंकित अनुहार लिएर रूपा ओझेल परि।

समय आफ्नै रफ्तारमा दाैडिरहेकाे थियाे। बिबाहा उत्सवकाे पाँचाै बर्षगाँठ मनाइरहदाँ बा आमाले भन्नुहुन्थ्यो उषालाई।

” हेर नानी अब हामीलाई नाति, नातीनी जे भएपनि हेर्न मन छ है।”

यस बिषयमा राजिपकाे अर्कै धारणा थियाे। उषाले दुई पटक गर्भपतन गरिसकेकि थिइन्। तेस्राे पटक गर्भधारण गरेकि उषाले गर्भपतन गर्न नमानेपछि राजीप धेरै रिसाएकाे थियाे।

” वाइयात् तर्क नगर मसँग। ब्यापारमा मलाई जम्न देऊ अनि मात्र साेचाैला याे बिषयमा । किन चाहियाे सन्तान तिमीलाई?”

उषाले तेस्राे पटक गर्भपतन गराएकि थिई। जीवन र मृत्युसँग लडिरहेकि उषा याे पटक धेरै नै शिथिल बनेकि थिई। उ सिटामाेलकाे झाेलसँग बर्बराउँथे;
ऐैं या……….ऐैया………..
राजिपलाई कुनै दुखाईकाे प्रबाह थिएन। ऊ मस्त हुन्थ्याे यूवतीहरू सित च्याटमा। उसकाे याे ब्यवहारले ठुलाे मानसिक पीडा थपिएकाे थियाे उषामा।

अफिसकाे काम लिएर केही महिनाकाे लागि राजिप क्यानडा उड्याे। उषा सहयाेगी बहिनीकाे साथमा घरमा एक्लै थिई। सासुु- ससुरा अमेरिका थिए ,जेठाे छाेरासँग।

एकहुल परेवाहरू छतमा बसेर चामल टिप्दै थिए। हरेक बिहान परेवा यसैगरि आउथे छतमा। अघाएर उडी जान्थे। उषाकाे दैनिकी थियाे। याे सिलसिला उ घरभित्र पसेदेखिनै सुरू भएकाे थियाे। माेवायलकाे रिङ्टाेन बज्याे। सेप गरेकाे नाम थियाे रूबी! उषाले फाेन उठाउँदै भनी;
” हेलाे”
” तँ कति लाटी साेझी छस् ही ! श्रीमानले जे जे भन्याे त्यहि कुरा मानिदिन्छेस्। अलिकति आफ्नाे बारेमा पनि साेच उषा!” उ भन्दै थिई।

“तँ याे अवस्थामा छेस्। तँलाई याे कुरा थहाँ छैन हाेला?
तेराे लाेग्ने सरूलाई लिएर क्यानडा गएकाे छ। त्याे केटी ठिक छैन। धेरैकाे जीवन बर्बाद पारिसकेकि छे। अब तेराे जीवन पनि बर्बाद पार्छे उषा।”

एकातिर शरिरिक पीडा, अर्काेतिर मानसिक पीडा। कस्ताे भुमरीमा ल्याएर समयकाे बाहावले हुत्ताइदियाे। उषा कम्जाेर बन्दै गई।

दुई महिनापछि राजीप फर्कियाे। उसकाे लगेजमा महिलाकाे भित्री कपडा देखेर उषाले साेधी ;
” याे के हाे”?
” याे प्रश्न किन साेधेकी ? याे साधारण कुरा हाे।आफै बुझे भै गाे नी। मसँग अरू काेहि थियाे भनेर। म बिबाहाकाे साँघुराे घेरामा बाँधिएर बस्न चाहान्न। म मेराे जीवन फुल इन्जाेइ गर्न चहान्छु ।”

” याे श्रीमानलाई मात्र हाे कि श्रीमतीलाई पनि लागू हुन्छ?” उषाले प्रश्न गरी ।

” याे प्रश्न साेध्ने हिम्मत कसरी आयाे?
” पाखे”
राजीप रिसाएर हिड्याे।

सरूसँग राजीपकाे अर्फयर चलेकाे कुरा साथीहरू सुनाउथे। सरू डिबाेर्सी महिला थिई। उसकाे साथमा एउटा छाेरी पनि थिई। उषाले धेरै सम्झाई राजीपलाई तर राजीपले उषाकाे कुरा सुन्दै सुनेन।

एकदिन साँझ पख केही पुलिसहरू घर साेध्धै आए।
“राजिप जी हुनुहुन्छ? ”

उषाले हडबडाएर साेधी;

” किन सर?”
” उहाँकाे नाममा उजुरी परेकाे छ। साेधपुछकाे लागि लिन आएकाे।”
राजिपलाई पुलिसले लेर गयाे।
किन? के कारण उषाले चाैकीमै गएर बुझी। उसकाे मन डरले थर्रर काम्याे। सरूले जवर्जस्ती करणी र क्षतिपूर्तिकाे माग गरि निवेदन पेश गरेकि रहेछ।

रूबीले भन्थी ” हेर उषा! तँ धेरै साेझी नबन्। तेराे लाेग्नेले कुन दिन तँलाई धाेका दिएर जान्छ। केटीकाे चक्करमा फसेकाे छ , के भन्न सकिन्छ र?” आज रूबीकाे कुरा प्रमाणीत भयाे। उषा भक्कानिई।

” भाउजू ! दाईले याे केटीलाई धेरै खर्च गर्नुभयाे। अहिले अफिस पनि घाटामा छ। अझ उल्टै उसैले बलत्कारमा फसाई। ”

अफिसकाे स्टाप भाइकाे तर्क थियाे।

समाजमा बदनाम हुने डरले याे केस छिट्टै मिलाउनु पर्याे। । काठमाडौंमा राजीपकाे नाममा भएकाे एउटा घर र तीसलाख दिने सर्तमा सरूले मिलापत्र गरि र घर र पैसा पाएपछि उ राजीपकाे जीवनबाट बाटाे लागी ।

हिनताबाेध र नैराश्यताले राजीप भित्रभित्रै जलेकाे थियाे। पाकेकाे थियाे।

उषाले जीवनमा ठुलाे धाेका पाई। आफ्नाे संस्कार धर्म, संस्कृति पालन गर्न खाेज्दा आफ्नै श्रीमानबाट “पाखे” काे थुप्रै पुरस्कार र सम्मान मिल्याे। स्वतन्त्रताकाे सिमा नाघेर फराकिलाे हुनुभन्दा पाखेकाे उपमा पाएर साँघुराे हुनुनै ठिक लाग्याे उसलाई।
***

प्रतिक्रिया

सम्बन्धित खवर