
– पुस्तकप्रसाद
गजल १,
मृत्यु मेरो हैन यो शरीर मेरो हैन
म जस्तै भान हुने तस्बिर मेरो हैन
कोहि छैन म आफैँ आफ्नै पराइ हुँ
हैन! हुँदैहैन संसार आखिर मेरो हैन
सबै उसैको हो जसको जगत हो
घाउचोट मेरो हैन यो पिर मेरो हैन
म त्यही झुके जहाँ उसले झुकायो
हातपाउ मेरा हैनन्न यो सिर मेरो हैन
मलाइ थाहा छ मेरो ईश्वर कहाँ छ
यो मस्जिद मेरो हैन मन्दिर मेरो हैन
गजल २,
फुलेको कपाल हो कि समय हो
या हर क्षणको आफ्नै पराजय हो
जन्म रोक्न पनि सक्छ मानिसले
मृत्यु अकाट्य छ सयमा सय हो
अन्तिम सत्य हो भन्ने जानेर पनि
मृत्यु प्रती यतिधेरै केको भय हो
यो ब्रह्माण्ड नै संगीत हो सुन्न जाने
पात झर्दै पलाउदै गर्नुपनी लय हो
लास देख्यो खरानी देख्यो देख्नेले
तर देख्नेले देखेन यो पनि उदय हो
***
प्रतिक्रिया
-
४