– सविन निरौला

गजल १,
कहिल्यै नभरिने रहरको झोली सम्झिँदा
अतितले सताउछ हरपल भोलि सम्झिँदा

मनमा अझै पनि रहरको मुना पलाउँछ
बचपनमा हिँडडुल गर्ने खोली सम्झिँदा

आदर्श भोगाइ नितान्त फरक छ जीवन
गरिब भनेर हेपिएको त्यो बोली सम्झिँदा

आँसु झरी सिरानी भिज्छ हरेक साँझ
पुरानो फाटेको आमाको चोली सम्झिँदा

गजल २
दराजमा तिम्रो चिठीको खात छ
बेचैन दिल अनिदो कालो रात छ

तिम्रो चिट्ठीहरु पढ्न सक्दिन म
आँखामा आँशुको जहरको मात छ

तिमी त अन्मियौ डोलीमा चढी गयौ
तर यो दिलमा अझै तिम्रो नै बात छ

तिमी मेरो त्यो हराएको किताब हौ
जसको कविता अझैसम्म याद छ

प्रतिक्रिया

सम्बन्धित खवर