– त्रिपुरा खरेल

“बाबु ! हिजो क्वाँटी खुवाउन पाइन ,लौ खाउ क्वाँटी र सेलरोटी ।” नानीमायाले छोराको टेबलमा क्वाँटी र सेलरोटी राखिदिइन्।
“आ ! आमा मलाई क्वाँटी देख्दा पनि नाक लागिसक्यो।घरै पिंडालु ,वनै पिंडालु भने जत्तिकै भयो ।घरमा चाडबाडमा मीठो मसिनो खाना खान नपाइने रहेछ। ”
” तिमी चाडबाडमा कहिले घर बसेका छौ र मीठो खुवाउने? बुढेसकालमा हामीले तिमीहरूलाई खुवाउने कि तिमीहरूले हामीलाई खुवाउने?” नानीमायालाई झनक्क रीस उठ्यो ,रीस साम्य पार्न भित्तातिर फर्किन ।
“लौ हेर यो केटाले के गरेको?” काँटीमा झुन्डाएका जनैहरू पङ्खाको हावामा झुल्दैथिए।
“जनै फेर्न गएको मान्छेको काँधमा जनै खै?” तिनले प्रतिप्रश्न गरिन्।
ह्या आमा ! हीराको जनै भए पो म धनी मान्छे हुँ भनेर धाक लगाउन मिल्थ्यो। आफूलाई हातमुख जोड्न हम्मे पर्छ। यो काँचो धागोको जनै लगाएर ठूलो हुनु छैन मलाई । यो लगाउँदा साथीभाइले पनि गिज्याउँछन्, अन्तर्वार्तामा पनि जनैले जहिल्यै फेल बनाइ दिन्छ।”
“बाबु ! तिमीले गाईजात्राको जस्तो नाटक किन गरेको? तिमीले जनैपूणिर्मालाई तर्क गर्नु न्यायोचित छ? जनै लगाउनु र फेर्नु हाम्रो संस्कार हो ।”
“जनैपूणिर्माको दिन मात्र जनै लगाउँदा संस्कार बाँच्छ ? ”

***

प्रतिक्रिया

सम्बन्धित खवर