– संजोग सहयात्री

गजल १,
खेल चलेको छ यहाँ बाजी लगाउँछ कोही ?
आफ्नै प्रतिस्पर्धी थाहा हुँदा हुँदै सघाउँछ कोही ?

म प्रगतिको शिखर चढ्न प्रयास गरिरहेछु
खुट्टा तान्नेहरु बाहेक अरु पछ्याउँछ कोही ?

केही समय सत्य नबोलेर त विचार गर
पिआर वाला हो भन्दा लत्याउँछ कोही ?

बाटो निकै लामो रहेछ  जिन्दगीको
नर्क सम्मको अनिश्चित यात्रामा किन पछ्याउँछ कोही ?

सपनीमा आइन् उनी ध्यान उतै गईरह्यो
किन आँफैलाई हेरिरहोस् भन्ने बनाउँछ कोही ?

गजल २,
बिहानिको झुल्के घामले, पोलिहाल्ने नहोस् जीवन
उन्नतिका पाईला चाल्दा, रोक्किहाल्ने नहोस् जीवन

ज्ञानको भण्डार एति भर्नु, मित्रले नि डाह गरोस्
एक अँजुली पानी झिक्दा, रित्तिहाल्ने नहोस् जीवन

आफू यसरी अगाडि बढ्नु, एक्लै शिखर चुम्ने आँट होस् कम्पन आउँदा पुरानो घरझै, ढल्किहाल्ने नहोस् जीवन

भविष्य छ तिम्रै हातमा, राम्रो बनाँउ उज्ज्वल बनाँउ
सुकुटी र किसमिसझैँ, चाउरिहाल्ने नहोस् जीवन

अभाव हुन्छ जिन्दगीमा, दबाब हुन्छ जिन्दगीमा
अनियन्त्रित नाँउ जस्तो, पल्टिहाल्ने नहोस् जीवन

***

प्रतिक्रिया

सम्बन्धित खवर