–दिप मंग्राती
“ए बुढा यहाँ छेउमा बसन, कति हिडि राखेको……! “
“तिम्रो दबाई तयार गरेको नि….!”
“अब दबाइले के गर्छ र…? , बरु बसन यहाँ….! मेरो नजिकै…!”
उ श्रीमतीको छेउमा गएर बस्यो।
आजै मात्रै उनिलाई अस्पतालबाट घर ल्याएको थिए । डक्टरहरूले अवकाश दिसकेका थिए उनिलाई । “अब परिवार सँगै राख्नु, चाहेकोकुरा दिनु, सके सम्म खुशी राख्नु भनेर….!”
श्रीमती ले उसको हात अठाएर सुम्सुमाउन थालिन,
“किन किन बुढा अझै बाँच्ने लाल्सा जागेर आइरहेछ, तिमीसँग अझै संगै जिउने चाहाना बढेर आइरहेको छ।
त्यो जवानी का दिन अझै दोहोर्याउन मन लागेको छ।“
“उमेर हुदा सम्म, झगडा गर्दै बसियो, नबोली ठुस्किएरै बिताइयो ।रहर अनि यौवन हुदा सम्म,तिम्रो मायाँको, तिम्रो साथको कदर नै भएन।आज सम्झिन्छु, किन तेस्तो भएको थिएँहोला। अब समय छैन तर तिम्रो अंगालोको चाहाना उर्लेर आउँछ। अहिले पछुतो लाग्छ…! मैले नैकेही समर्पण गरेको भए, आफ्नो जिद्दी र घमण्ड त्यागेर, हाम्रो दाम्पत्य जीवनलाई प्रेमिल बनाएको भए…!कति रमाईलो बन्थ्यो होलाहाम्रो जिन्दगी होगी बुढा…?”
“ए बुढा मलाई तिम्रो काखमा सुताउन….!”
उसले बुढीलाइ काखमा सुतायो अनि कपाल मुसारी रह्यो….! उनीले एक्टक लोग्ने लाई हेरि रहीन, लाग्थ्यो, उनी आफ्नो लोग्नेको तस्वीरआँखामा उतार्न चाहन्थिन।
“तिमी यति मायालु रहेछौ मैले कसरी तिम्रो मायाँ बुझ्न सकिन बुढा…?”
“बुढा मलाई बचाउ न , म अझै बाँच्न चाहन्छु, मैले जिउन नसकेको जीन्दगी तिमिसग अझै जिउन चाहन्छु।“
श्रीमतिको प्रेमिल कुराहरुले टुट्दै जाँदै थियो उ ।बाहिर बाट आफुलाई दह्रो देखाउन खोजे पनि आँखाले साथ दिरहन सकेन, परेलिकोबाँध तोडेर आँशुको थोपाहरु बग्न थाले …..!
“पगली…..!” यति मात्रै त बोल्न सक्यो उ…! रोदन्ले भक्कानिएर थप बोल्नै सकेन।बिचरा…! के बोलोस…?कसरी सम्झाओस…?केभनेर मनाओस…?
“आची …! “कति नसुहाएको रुदा खेरी तिमिलाई बुढा….! ” न रोउ न…!”मेरो प्राणलाई किन गाह्रो बनाउछौ प्यारे…!तिम्रो आँशुलेयमराजको मन थोरै न पग्लिन्छ र…?”
“काश तिमिलाई म बचाउन सक्ने भए….!”
“मेरो पनि आयु तिमिलाई थप्न मिल्ने भए…!”
उ बिस्तारै श्रीमतिको मुहार तर्फ झुक्यो, निधारमा चुम्यो। निकै बेर चुमी रह्यो….!
“बुढा तिम्रो ओठ पनि जवानी ढले सँगै चिसो भएछ , उहिले त कति तातो हुन्थ्यो तिम्रो ओठ….!”
तर उ बोलेन केवल चुमी रह्यो…! निस्चल …!
“ए बुढा के भयो…? किन नबोलेको….?उसले लोग्नेलाई हल्लाउन खोजी , लोग्ने एकातिर लुड्कियो।
“बुढा…..! ए बुढा….! के भयो….! ए केटा केटि हो हेर न तिमीहरूको बाउलाई के भयो….?”
“आमा ….!बुवालाई छातिको क्यान्सर थियो, लास्ट स्टेजको….! क्यान्सर मुटुसम्म फैली सकेको थियो, कुनै पनि बेला मुटु बन्द हुन सक्नेअवस्थामा थियो। तपाईलाई नभन्नु भनेर सबैलाई उर्दि गर्नु भएको थियो…..!
“अनि किन उपचार गरेनौ त बुवाको..?
के कमी थोयो र उपचार गरेनौ बुवाको…?”
“हामिलाई पनि भन्नू भएको थिएन, खाली तपाईको उपक्जारमा ब्यस्त रहनु हुन्थ्यो। पछि अस्पतालमै बेहोस भएपछि पो डाक्टरले भनेरथाहा पायौं । मिर्त्यु लाई कुर्नु सिवाय कुनै उपाया थिएन बुवाको निम्ति ।“
“कति गाई प्राणी हुन सकेको बुढा, जिन्दगी भरी मेरो गनगन सुनेर बसेउ,कहिलेइ रिसाएनौ,जहिलेइ मलाई खुशी राख्ने अनेक उपायागरिरहेउ, आज जीवनको अन्तिमबाजि पनि आफैले मारेर गयौ होइन ….! आफू मर्न लागेको थिएउ, र पनि मेरो सेवा गरिरहेउ…! हेभग्वान….! मलाई किन यति ,कठोर , जिद्दी र घमन्डी बनाएउ….?
“उनको मायाँको बदलामा मैले पनि थोरै मायाँ दिएको भए…!केही मीठो बोली नै बोलिदिएको भए…मेरो के नै जान्थ्यो र…? मेरोअलिकती मुस्कान हेर्न र मेरो थोरै मायाँ पाउन कति लालाइत हुन्थे।“
“छोरी……?” उनीले मलिन स्वरमा छोरीलाई बोलाइन…..!
“हजुर आमा , म यही छु….”
नानी…, तिमी पनि जुवाईलाई नसताउनु है, जुवाईँ पनि तेरो बाउजस्तै छन, एक्दमै सुभानी, जति चिमोटे पनि कहिलेइ आइया भन्दैनन।बुझ बाबू, समयको महत्व बुझ। गुमाएको पल फेरि फर्केर आउदैन। जवानिको मायाँ जवानीमै गर्नु पर्ने रहेछ।बुढेसकालमा त आफुलेबिताएका रमाइला पलहरु, सम्झेर रमाउनु मात्रै हो। फेरि भोग्न पाइन्दैन।
छोरिले लोग्ने लाई पुलुक्क हेरी, अनि लोग्नेको हात अठाई , हात मुसारी…!
उता बुहारी पनि लोग्नेलाई प्रेमिल नजरले हेरिरहेकी थी।सायद उनिहरुले मन मनै एउटा प्रण गरिरहेला थिए।आपसी मायाले जीवन रंगीनबनाउने।
“हे इस्वर, अर्को जुनिमा पनि मलाइ यिनकै दुलही बनाइदेउ है, ता कि यो जुनिमा दिन नसकेको मायाँअर्को जूनिमा दिन सकु….!”
“जाउ बुढा…!शान्ति सग जाउ, म पनि आउने छु पछि पछि…!”
लोग्नेको निस्चल सरिरलाई अंगालो मारेर उ यस्तै के के बड्बडाउ दै रुन थाली….! रुइ रही , आमा बुबाको
यस्तो कारुणिक बियोग देखेर सबै सुँक सुँक रुन थाले । आफुहरु रुने चक्करमा
आमाको आँशु सुकेको कसैलाई पत्तै भएन।
प्रतिक्रिया
-
४