– खगेन्द्र अटल
गजल १,
विश्वास लाग्दैन यति छिट्टै यस्तो चलन जाला भन्ने ।
यौटा सम्पन्न बर्गले बिपन्न बर्गलाई खेताला भन्ने ।
यति स साना दुखाईहरुमा दुखी नहुनु ए अटल।
दुख नै हो तेरो जिन्दगिको महान पाठशाला भन्ने ।
मन खोलेर बोल्न पाईदैन, दिल खोलेर हास्न पाईदैन ।
के यो भन्दा कठोर हुन्छ र ? देश निकाला भन्ने ।
सधै गुराँसजस्तो रहन्न , सधै हिउँजस्तो टल्किदैन ।
एकदिन अबस्य सुकेर गैहाल्छ मान्छेको गाला भन्ने ।
आखिरीमा तिमीसंग भेट नभएरै छुट्टीनपर्यो
भेट भए भन्न मन थ्यो मै हुँ तिम्रो हकवाला भन्ने।
गजल २,
यसरी बचाउँन सकिँदैन हेर गौरब आफ्नो ।
ठाउँठाउँमा छोड्दै शरीरको अवयब आफ्नो ।।
के कारणले होला के हैरानीले होला प्रदेशिलाई ।
आफ्नो मुलुकभन्दा लाग्न थाल्यो अरब आफ्नो ।।
मैले तिमिलाई सम्झाइदिनुपर्छ , तिमिले मलाई ।
हामी दुबैले भुलिसकेछौ यार जन्मउत्सब आफ्नो ।।
कुनैबेला तिमिले लुट्यौ , कुनैबेला समयले लुट्यो ।
अचेल मुस्किलले जोगाई राखेकोछु वैभव आफ्नो ।।
***
प्रतिक्रिया
-
४