-प्रितम आचार्य

गजल १,

हात नै झिक्दैन खल्तीबाट हात दिएर के गर्छौ,
जीवन के हो बुझ्दैन ऊ उपदेश लिएर के गर्छौ

काम नै लाग्दैन हौ कसैगर्दा पनि अन्तरे दाइ,
छोडीदेऊ भयो पटकपटक सिएर के गर्छौ।

सबै सम्बन्धहरू त दिगो कहाँ हुँदा रहेछन् दाइ,
स्वार्थको साइनो भाचिन्छ नै तडपिएर के गर्छौ

तिमी उभिएको ठाउँमा फर्केर पनि आउँदैन् त्यो,
बेकारमा तिमी चाहिँ त्यहाँ पर्खिएर के गर्छौ।

काव्यकारको मन साह्रै कोमल हुन्छ भुल्न सकेनौ
उसले बिर्सि सक्यो भ्राता आफू सम्झिएर के गर्छौ

गजल २

किन छोडिए इतिहासमा ती नाम अब लेख्नुपर्छ,
उसको जतिनै हक र अधिकार यसले भेट्नुपर्छ।

हाम्राहरू पनि हावामै बतासिन् छोडे हुन्थ्यो अब
पीडीले धिक्कारला भोलि दह्रोसँग खुट्टा टेक्नुपर्छ

कति थाप्छौ पटक पटक आफ्नो मात्रै छाती यहाँ,
आऊ प्रतिशपर्धाको बजारमा अक्कल बेच्नुपर्छ

वर्षौदेखि सर्कसको बाँदर जस्तै कति नाच्छौ हँ,
उनीहरू पनि नाचुन अब त बसेर हामी हेर्नुपर्छ।

सिकारी भर पर्दैन त्यसमा प्रितम सिकार कत्रो छ,
बस् मात्र सटिक समयमा सही निसाना भेद्नुपर्छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर