
– रिता खत्री
एक मुठी चामल पकाउन सक्ने तागत हुदै
मरेको भए खास हुन्थे होला
बाचिरहे
बन्न सकिन खास
बनिरहे जिउॅदो लाश
म बाचुन्जेल
कसले पाल्ने आमा ! भनि गरिरह्यै हानाथाप
तिम्रा व्यवहारका कुन्यूले थिचिएर निस्सासिरहे म
आव्हान गरिरहे मृत्युलाइ
मर्नु नि यो बुढी भनेर
जसरी गरिरहेछै तिमीहरू पनि
बडो डर लाग्थ्यो मलाई
मृत्युसॅग उ बेला
कतै आएर उ
टिपेर लगिहाल्यो भने तिमीहरुलाई
कसरी बाचूला म
पिठ्युतिर भारी काखतिर सन्तान
बोकेरै हुर्काए उ बेला
पढाए बढाए र सक्षम बनाए !
म माथि खस्ने गरेको दुखको आकाश
मलाई मात्र थाहा छ बाबू !
पीर कस्तो हुन्छ
दुख कस्तो हुन्छ
चोट कस्तो हुन्छ
जिन्दगी भर छाइरहने अँध्यारो कस्तो हुन्छ
कहिल्यै लागेन मेरो आडमाथि घाम
माया कस्तो हुन्छ सुख कस्तो हुन्छ
भोगौला भनेको सन्तानसगै
उनका सुखका धारिलो धारले काटेर
झन अध्यारो बनायो मेरो जीवन
आज
कतै उज्यालोमा देखिन्छ कि
सन्तानको अनुहार
र रोकिन्छ कि तिनीहरूरा मायाले
यो श्वास भनि
अध्यारो मै त्यागिदिए प्राण
म बोझ आमा
हटिदिए
तिमीहरूका सुखी संसारबाट ।
***
प्रतिक्रिया
-
४