– सुदन लुईटेल

गल्लाहरु आइरहेछ्न अझै बिकाउझैँ बिक्नु पर्छ
नराम्रो खबर आउला टाउकाको टोपी झिक्नु पर्छ

बुढो शरीर अनि बुढो गाउ जस्ता तस्तै
बाटो पुल छैन तर गाउमै टिक्नु पर्छ

अन्न नफलाइ आफै फल्दैन औषधिको कुरै छाडौ
भुतप्रेत लाग्छ रोग लाग्दैन झारफुक सिक्नु पर्छ

डाडोबाट सुर्य उदाउदै गर्दा भित्तो छामछुम पार्दै
आखाले देख्दैन कुप्रो शरीरले दैलो लिप्नु पर्छ

खेतबारि बाझै छन खेति गर्ने सबै बिदेशमा
नुनपानीमा मिसायेर पिउन भरे सिस्नो टिप्नु पर्छ

गजल २,

यो बाटोले सधै मलाइनै कुरे जस्तो लाग्छ
म यात्री हु सायद मौका जुरे जस्तो लाग्छ

अनन्त यात्रा हो जिबन कहि कतै रोकिदैन
आकाशबाट धर्ति हेर्दा बादलले पुरे जस्तो लाग्छ

जन्म पछि मृत्यु थाहा छ तर पनि मृत्युले सताउछ
घना जङ्गलमा हिड्दा बाघ भालुले घुरे जस्तो लाग्छ

सत्ता उल्ट्यायेर जनताको शासन ल्याउनु पर्छ भन्थे
जो जो पुगे सत्तामा पुग्नेलेनै हसुरे जस्तो लाग्छ

धन कमाउन बिरानो शहरमा मन आफ्नै घरगाउमा
भारि बोकिरहेको गाउकै दाजु लुरे जस्तो लाग्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर