– सोताङ जीतेन

गजल १,
त्यो मुसाफिर रहेछ हुन्थ्यो चिन्न पाए
एस्तै हो को नदौडिएला उछिन्न पाए

रुदै गरेको बालक पनि खुशी देखियो
जो आफ्नै बा को छातिमा हिन्न पाए

भगवान धन्न मृत्यु चाहि निश्चय बनायौ
मर्ने थिएन कुबेर यदि अमृत किन्न पाए

गजल २
सुन्नुस त राहत लिन उ किन ढिलो आयो
एस्तै हो अभागिको पाउ मा पिलो आयो

नुन सकिएको त महिनौ भैसकेको थियो
अचम्म छ पसिनामा कसरी नुनिलो आयो

जिन्दगी जहाँ टेक्यो त्यहिँ भासिन्छ मेरो
जस्तै किनारको धापमा डोब्किलो आयो

***

प्रतिक्रिया

सम्बन्धित खवर