
– मिलन समीर
यसरी बगेर हिंड्न् मन लागिरहेको छ कि मलाई
सधैं सधैंका लागि आफ्नै जिन्दगीको आँखाबाट
त्यसपछि फेरि कहिल्यै पनि केही गरि बग्नु नपरोस् !
यसरी खसेर हिंड्न् मन लागिरहेको छ कि मलाई
सधैं सधैंका लागि आफ्नै जिन्दगीको तार्सेभिरबाट
त्यसपछि फेरि कहिल्यै पनि केही गरि खस्नु नपरोस् !
यसरी हेलिएर हिंड्न् मन लागिरहेको छ कि मलाई
सधैं सधैंका लागि आफ्नै जिन्दगीको मझधारमा
त्यसपछि फेरि कहिल्यै पनि केही गरि हेलिनु नपरोस् !
यसरी डुबेर हिंड्न् मन लागिरहेको छ कि मलाई
सधैं सधैंका लागि आफ्नै जिन्दगीको आधिखोलामा
त्यसपछि फेरि कहिल्यै पनि केही गरि उत्रिनु नपरोस् !
यसरी अस्ताएर हिंड्न् मन लागिरहेको छ कि मलाई
सधैं सधैंका लागि आफ्नै जिन्दगीको क्षितिजबाट
त्यसपछि फेरि कहिल्यै पनि केही गरि उदाउनु नपरोस् !
यसरी हराएर हिंड्न् मन लागिरहेको छ कि मलाई
सधैं सधैंका लागि आफ्नै जिन्दगीको गोरेटोबाट
त्यसपछि फेरि कहिल्यै पनि कसैले खोजेर नभेटियु !
यसरी जान मन लागिरहेको छ कि मलाई
सधैं सधैंका लागि यो संसार चटक्कै छोडेर
त्यसपछि फेरि फर्केर कहिल्यै नआउनेगरि !
यसरी निदाउन मन लागिरहेको छ कि मलाई
सधैं सधैंका लागि आफ्नै जिन्दगीको झम्के साझमा
त्यसपछि फेरि कहिल्यै कुनै पनि बिहानीमा नब्युझियु !
यसरी गुमाउन मन लागिरहेको छ कि मलाई
सधैं सधैंका लागि आफ्नै जिन्दगीको सर्वस्व
त्यसपछि कहिल्यै कुनै किसिमको पछुतो नहोस् !
यसरी सिद्दिन मन लागिरहेको छ कि मलाई
सधैं सधैंका लागि आफ्नै जिन्दगीको छेउमा पुगेर
त्यसपछिको समयमा फेरि मेरो कुनै पनि किसिमको
अलिकति अर्थपूर्ण अस्तित्वको ” अ ” पनि बाकी नरहोस् !
***
प्रतिक्रिया
-
४