– बिनिता  न्यौपाने  वृन्दा

१,
दुस्मन भएर आइदिन सक्छ धन पनि
अति आवश्यक वस्तु रहेछ कफन पनि
अब कहिले नभेट्ने गरी टुङ्गियो कुरो
यसरी हुने रहेछ प्रेमको समापन पनि

२,
याद ताजै छन् छोडेर गए पनि
अस्तित्व त रहन्छ म न रहे पनि
कसरी पराईको दर्जा दिउँ तिमीलाई
यो मनमा छौ जीवनमा नभएपनि

३,
जस्ले धोकाकाे खेल खेलायो उही प्यारो हुन्छ
आफ्नैले लगाएका वचन सुन्न अफ्ठ्यारो हुन्छ
मैन बत्तीझैँ भयाे अचेल मेरो जीवन पनि
बाले उज्यालो हुन्छ निभाए अध्यारो हुन्छ

४,
नपुग्ने आशा पलाउँछन् मनमा लिनु हुदैन्
समय यस्तै हो चलिरहन्छ पर्खिनु हुदैन्
बुझेर पनि बुझ पचाउछस् किन ए मन्
ऊ अब अर्कैको हो तैले सम्झिनु हुदैन्

५,
सफर गर दुःखकाे सुखमा हाँस्ने बल आउला
कुनै पल त हाम्रो समस्याकाे पनि हल आउला
रुदै परदेशीयो छोरो भनि नभक्कानिए है आमा
सम्झिनु काँडामा हिँड्ने गोडामा चप्पल आउला

****

प्रतिक्रिया

सम्बन्धित खवर