– दशैँ

दशैँ नेपालीहरु र विशेष गरि हिन्दूहरुको महत्वपूर्ण चाड हो । नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन व्रत, पूजापाठ र हर्षाकासाथ मनाइने भएकाले यो चाडलाई ‘दशैँ’ वा ‘वजया दशमी’ का नामले पनि चिनिन्छ । हिन्दू चान्द«मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरु एउटै गते र तारिखमा पदैँन । दशैँ अङ्ग्रेजी वा ग्रगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको बीचमा पर्न सक्छ । दशैँ आश्विन शुक्ल पक्षको दिनदेखि शुरु हुन्छ ।

घटस्थापना : आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कार्य सम्पन्न गरिन्छ । एक कार्य यस दिन जमरा राखिन्छ, अर्काे यस दिन घट कलशको स्थापना गरि देवी देवताको आवाहान गरिन्छ ।

महासप्तमी : सातौ दिनलाई फूलपाती, आठौँ दिनलाई महाअष्टमी, नबौँ दिनलाई महानवमी एवं दशौ दिनलाई विजयादशमी भनिन्छ र यी दिनहरुको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथीको दिन दशैँको लागि पूजा सामाग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने कार्य हुन्छ । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कपि, कलम अनि मसिदानी आदिको पनि पुजा गरिन्छ ।

महाअष्टमी : नबरात्रीको आठौँ दिनमा महाकालीको विशेष पुजाआज गरिन्छ । देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञनाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात, यी देविलाई बोका, कुखुरा, हाँस, राँगो आदी बलि दिइन्छ । यी दिनहरुमा मानिसहरु आआफ्ना कुलदेवी, देवता र स्थानिय देवीदेवतालाई पूजा वलि दिन्छन् ।

महानवमी : नवरात्रीको नवौँ दिन विशेष गरी महालक्ष्मी देवीको पुजाआज गरिन्छ । यसै दिन विहान कलपुर्जा, हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई पूजा गरिन्छ । यस दिन अरु पूजाको अतिरिक्त विशेष गरी दुई बर्षदेखि दश बर्ष सम्मका नवकन्याहरुको पनि पुजाआजा गरिन्छ ।

विजयादशमी : नवरात्रीको दशौँ दिनलाई विजयादशमी पनि भनिन्छ । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । स्रोह सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु त्था देवताको पुजा गरी नँौ दिनसम्म गरेको पुजाको काममा कुनै क्रुटि भयो कि भनि यसलाई पुरा गर्न तामाको थालिमा चन्दनले अष्टदल लेखि त्यसका बिचमा माटाका देवीका तिन प्रतिमा वा राता अक्षतामा तीन थुप्रा राखि बिचमा अपराजिता देवी दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाह्न र सोह्र सामाग्रीले पुाज गरी यथाशक्ति हवन गरी जमरालाई पुजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरुलाई चढाई आरती र पुषान्जली गरिन्छ । यति गर्नाले कसैले पनि आफु माथि दमन गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ ।

आयू द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

यस नवरात्रीमा देवीलाई जयन्ती मंगला काली भद«काली कपालिनीः दुर्गा, क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुतेः जप गरेर देवीको बन्दना गर्ने गरिएको छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर