सबिन निरौला
दशैं नजिकै आउदा मलाई आफ्नो बालापनको याद झल्झल्ति आउछ ।अहिलेको जस्तो दशैं मनाउन सजिलो र छिटो छरितो थिएन त्यसबेला । अहिले पो दशैंका लागि सबै सामान एकै स्थानमा पाइन्छ। हरेक चिज बजारमा पाइन्छ। खोजी खोजि रोजि रोजि पाइन्छ।

अब एक्छिन म मेरो बालापनको यादगार क्षणहरु हजुरहरु माझ साझा गर्न जाँदै छु।
पुर्बी जिल्ला संखुवासभा कोशी प्रदेश अन्तरगत पर्दछ। घटस्थापना देखि स्कुल बिदा हुन्थियो, हास्दै खेल्दै साथी हरु सङ्ग अब त स्कुल बिदा भै हाल्यो पिङ्ग खेल्न पर्छ टीका लगाउन पर्छ । ओइ अनिसे त के किन्छन् दशैमा अनि त रामे नि? मैले साथिहरु लाई उनी हरुले म त पाइन्ट र सट कुन्छु अनिशले भन्यो, म त स्विटर किन्न लगाउछु राम ले भन्यो अनि त सबिने चाइ के किन्छ्स नि? रामे ले सोध्यो मलाइ त हजुरबुवाले शुक्रबारे हटियामा आकासे सट र निलो पाइन्ट किनि दिने भन्नू भएको छ।
नया लुगा किने पछि म त त्यही लगाउछु राती सुत्दानी त्यही नया लुगा लगाएर सुतिन्थ्यो,गाउमा सबैलाइ मेरो नया लुगा भन्दै देखाएर फुरुक फुरुक गरेर देखाएर हिन्दाको मजा बेग्लै हुन्थ्यो।

खेतमा झुव्#वलिरहेका घान, काल्लाभरि खरुकी फूलेको, बारिका पाटा भरी कोदो फल्दै गरेको सयपत्री फुल्दै गरेको आमा कति रमाइलो हुन्थियो त्यस् बेला। अनि आकाश खुलेर निलो देखिएको गगन । आहा सम्जिदानी मन आनन्दित हुन्छ।
आज सनिवार भएको हुनाले गाउको स्कुलमा बैठक बस्ने गर्द्थ्यो, समूह भन्ने समेत थियो। समुह पैसा जम्मा गर्ने र गाउको बर्तमान समस्या एक आपसमा सर सहयोगको बारेमा छलफल गरिन्थ्यो। आजको समुहको बैठकमा दशै आइ सक्यो अब गाउँ घर कुवा चैतारो, पाटि पौवा सफा गर्ने कुराकानी भयो। खाना खाएर सबै परिवारको एक एक जना आउने निर्णय भयो। हाम्रो घर कुवा छेउ भएको हुनाले पहिला काभ्रे कुवा बाटै सफा गर्न सुरु गरियो। गाउको एक मात्र पुरानो र ढुङाले बनाएको काभ्रे कुवा हाम्रो गाउमा मात्र नभएर अन्य गाउमा समेत प्रचलित थियो। गाउका सबै जसो मानिस काभ्रे कुवाकै पानीमा निर्भर रहन्थे। लुगा धुन भान्सा गर्न र गाई भैसिलाइ खुवाउन पौडेल गाउबाट पानी ल्याएपनी पिउने पानी भने काभ्रे कुवाकै निर्भर रहने गर्दथे। गाउ घरमा क्यासेटमा गित बजाउदा बेग्लै खुसी मिल्द्थ्यो। हाम्रो गाउमा एक मात्र दोकान थियो त्यहाँ साझ पख सबै जना भेला भएर रमाइलो कुरा कानी गर्दथे। पिङ्ग कहाँ हाल्ने पिङको लागि बाबियो खोज्ने अनि बास कस्को बाट ल्याउने आदि इत्यादि कुराकानी हुन्थ्यो। क्रमश शहर तथा बिदेश गएका आफन्त गाउमा आउने क्रम जारी थियो।
रातो माटो लिन जाँदै छु जान्छन् सानुभाइ ममिले मलाई सोध्नु भयो हुन्छ भन्दै म पनि फुरुक्क फुरुक्क हुँदै घर पोत्ने रातो माटो लिन ढडेन तिर लागे। हाम्रो घर रातो माटोले पोतेको हुनाले रातै माटो छ्यापेर रङ्ग लगाउने गरिन्थ्यो। गाउमा कोहि कोहिको घर भने कमेरो माटोले पोत्ने अनि रङ्ग लगाउने गर्थे।
रातो माटोले घरको भित्ता अनि गार्हो पोति सकेपछी ,घरका खाबामा चाहिँ रेडियोको ब्याट्री फुटाएर ब्याट्री भित्रको कालो लाई पानीमा मिसाएर खाबामा अनि झ्याल ढोकामा लगाउने गरिन्थ्यो। अनि सिमिको हरियो पातको झोल बनाएर भित्तामा बुट्टा समेत बनाइने गरिन्थ्यो। हाम्रो घरमा संयुक्त परिवार बस्ने भएको हुनाले दसैको बेला घरमै खसी काटने गरिन्थ्यो भने कहिले काहीँ छिमेकी सङ्ग मिलेर मासु बाड्फाड गरिन्थ्यो। त्यस बेला दशैमा खसिको चिचि खाने कान चाहिँ म खान्छु है भन्दै पोलेर कान खादा सार्है रमाइलो लाग्थियो।
दशैंका लागि भनेर कान्लाभरी घाँस साचिन्थ्यो । डाले घाँस जोगाएर राखिएका हुन्थ्यो टाकि वर,अम्लिसो बढर, आदि घाँस घर नजिकै साचेर राखिन्थ्यो। बन्सो काट्दै बस्तुभाउलाइ दिने गरिन्थ्यो पराल कटेरा भरी साचेर राखिन्थ्यो। टिकाको दिनलाइ भनेर १/२ दिन अघि नै ४/५ भारी घाँस साचेर राख्ने गरिन्थ्यो।
दशैका लागि जर्नेली धान उमालेर ढिकीकै छेउमा फुटेर कुटेको चिउराले ढिकिमै कुटदा कुट्दै खाइ हालु जस्तो बास्ना वसाउथ्यो । चिउरा घान लगाउदा ढिकीको मुसल मेरो हात माथि वजारीएको समेत थियो। तिलको अचार ढिकिमा कुटेर रातो खोर्सानि ,कागती र अदुवा हालेर बनाएको अचार अझै मुखमै झुन्डिएको छ।
दशैलागे पछि गाउमा केरा जोहो गर्ने चलन थियो आफ्नै घरमा हुनेले थुन्सेमा सिरिस हालेर पकाउन राखिन्थ्यो। केरा पाक्दै जाँदा मगमग बास्ना त झन कस्ले नै भुल्ला र ? दशैको अन्य खाने कुरा किन्न शुक्रवारे हटिया चैनपुर जाने गरिन्थ्यो। हटियामा ताजा फलफुल तरकारी, मिठाइ लताकपडा सबै पाइन्थ्यो अहिले भाटभटेनी, सुपरमार्केट, होलसेल, भने जस्तै थियो हटिया।
फुलपातीको दिन गाउंमा पिङ हाल्ने काम हुन्थ्यो । पिङका लागि बाबियो लिन लाकुरि डाडा सम्म पुग्नुपर्दथ्यो । बावियोका लागि पैसा उठाउने, पिङ बाट्ने काममा औधि रमाईलो हुन्थ्यो । गाउकै स्कुलमा पिङ्ग हाल्ने काम सबै मिलेर गरिन्थ्यो। कोहि गित गाउने कोहि रमाइलो गर्ने गर्दा सार्है रमाइलो हुन्थियो अहिले सम्झिदा आँखा रसाएर आउँछ कास ती बालापनको याद आए जस्तै बालापनमा फर्कीन पाए कति रमाइलो गर्थे होला भनेर। राति अवेर सम्म पिङमा झुत्ति खेल्ने गरेको अहिले जस्तो लाग्छ।लिङ्गेपिङ फर्कने गरी आकाश पुग्ने गरिन्थ्यो । दोहोरी पनि त्यतिनै माथि पुग्थ्यौ । पिङमै मादल वजाएर नाचगान पनि हुन्थ्यो।

टीकाको दिन घरमा टिका लगाएर पैसा गनिथ्यो । ५ र १० का नोट कति गन्नु । गाउं तिर जादा पनि तिनै नोट थपिन्थे । टीका लगाएपछी जुठो मुख गरेर मात्र जानुपर्छ है भन्ने गरिन्थ्यो, गाउमा हजुरबुवा काका,काकी लगायतकोमा टीका लगाउन चैनपुर बजार तिर गइन्थ्यो। हजुर बुवा पण्डित काम गर्ने भएको हुनाने हजुरबुवाको हात बात टीका लगाउन भनेर अन्य ब्यक्तिले बोलाउने गर्नु हुन्थियो। अनि हजुरआमाको मावली चैनपुर बजारमा बस्ने भएको हुनाले त्यहा पनि टीका थापन जाने गरिन्थ्यो।

एकादशिको दिन मावल जाने गरिन्थ्यो मावल जान एक दिन पुरै लाग्थ्यो। मोटर बाटो बनिनसकेको हुनाले हिनेरै जानू पर्दथ्यो। मावल मादी मुल्खर्क हो । बिहान हिनेपछी साझ मात्र मावल पुगिन्थ्यो। मावलमा बेग्लै किसिमको रमाइलो हुन्थियो। मावल लेख ठाउमा लरे आँप खान पाइन्थियो बोट टमाटर लटरम्मै फलेको हुन्थियो। इस्कूस यति मिठो हुन्थियो जति खाएनि मन भरिन्न थियो,तरकारी खाए उस्तै मीठो उसिने खाए उस्तै मीठो। मावल बाट कोसेली इस्कूस,चुचे करेला आलि ल्याउने पनि गरिन्थ्यो।
यस्तै तिता मिठा दशैको यादगार पल बिताएर आइयो अहिले दसै चाड्बाड भन्दा नि बिकृति फैलेको होकि जस्तो लाग्छ। चाडबाडको नाममा जुवा तास खेल्ने, अरुको देखासिकि गर्ने, फलानोले त यस्तो पो लुगा लगाएछ म त त्यो भन्दा राम्रो अनि महङ्गो लुगा लगाउछु भन्ने होडबाजी चलेको छ। दशैको शुभकामना एक अर्कामा साट्ने खुसीयाली मनाउने भन्दानी अहिले कस्ले छिटो फेसबुकमा फोटो हाल्ने टिकटक भिडियो बनाउने भनेर प्रतिस्पर्धा नै चलेको छ। आफन्त,पाहुना आउदा समेत मोबाइल फोनमै घोरिएर बसेको देखिन्छ। यस्तै चल्दै गयो भने दशैको महत्त्व घट्दै जान्छ। आफ्ना सन्तान प्राय सबै बिदेशीएका छन् । आमा बुवाको हात खाली हुन्च दशैको बेला युवा सबै बिदेश पलायन भै सके। बेरोजगार र आर्थिक मन्दीको कारणले बिदेशी बाध्री छन्। यस्तै यस्तै कुराले गर्दा चाड्बाड मनाउने पनि बृद्ध र बाल बच्चा मात्र देखिन्छ अचेल गाउँ घरमा।

***

प्रतिक्रिया

सम्बन्धित खवर