✍️ देवीमाया बाँस्कोटा

 

मुक्तक – एक

कि भरीभएर पोखिन्छ कि उम्लेर पोखिन्छ
पोखिनु नै छ एक दिन पोखिनलाई भरिन्छ
भरी भएरै पोखिए अवश्य रहन्छ भाँडाभरी,
घमण्डले उम्लिएर पोखिए अस्तित्व मेटिन्छ

मुक्तक – दुई

कोही रमाउदैछन् मेहेन्दीले हत्केला रङ्गाएर
कोही बाध्यतामा बिदेशीन्छन् परेला रङ्गाएर
परिश्रमको खुशी पसिनामा फूल्छ कर्मवीरका,
स्वदेशमै सपना फूल्छन् हातमा ठेला रङ्गाएर ।

मुक्तक – तीन

कहीं कतै बाध्यताले हुन्छ कसैको मनमा रहर हुन्छ
घाती र पक्षपाती व्यवहार आफ्नै लागि जहर हुन्छ
एक्लै छ भनेर कमजोर नसम्झनुस् कसैलाई पनि,
सलाईको एउटै काँटीले हराभरा वन खण्डहर हुन्छ ।

मुक्तक – चार

छाला खुम्चिदैमा रहर मर्दैन सदाबार बढ्दै जान्छ
उमेरसँगै झाङ्गीएर मनका चाह बढ्दै जान्छ
परिपक्क हुन्छन् झन अनुभवले निखारिएपछि
उमेर त अङ्कको गणना मात्र हो साल बढ्दै जान्छ ।

मुक्तक – पाँच

बेहिसाब छ स्वार्थी जगमा कति अन्योल भविस्य छन्
धनकै लागि सम्बन्ध जोड्ने र तोड्ने छिन्न भिन्न छन्
परदेशी बन्नु र बनाउनुमा धन त भित्रिएकै होला
तर कयौं निस्वार्थी र अवोध मनहरु विक्षिप्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर