
– सुनिल जलन
गजल१,
तिम्रो पो मनसँग खेल्ने आदत रहेछ!
देखिनौ मेरो छातीमा कस्तो खत रहेछ!
छुट्नुपर्योभने मर्छौं भन्थ्यौं,बाचिरहेछौं!
मायामा गरिने बाचाहरु गलत रहेछ!
आमा गुमाएको बच्चा आकाश हेरेर सोच्छ
भगवानलाई नि भगवानको जरुरत रहेछ!
तिमिलाई पर्खिएरै बाचियो यतिन्जेल सम्म!
पर्खाइमै बिताउनुपर्ने यो किस्मत रहेछ!
गजल २,
मन पोखिन सक्छ,जतन गरेर राखिदेउ!
बाचुन्जेल मलाई आफ्नो सम्झेर राखिदेउ!
भोलि श्रद्धाञ्जली दिन हुन्छ म मरेपछि!
एउटा तस्वीर मेरोपनि खिचेर राखिदेउ!!
आगोको हुनुभन्दा अधि तिम्रो हुनेमन छ!
यति रहर त तिमिले सम्हालेर राखिदेउ!।
धुलो हुनु भनेकै अस्तित्व गुमाउनु रहेछ!
म हराउन सक्छु पैतालाले टेकेर राखिदेउ!
जाँदापनि तिमी चिनो लिएर जानेमन छ!
एकथुँगा फुल लासमाथी हाँसेर राखिदेउ!
***
प्रतिक्रिया
-
४