✍️ म्यामराज राई

 

मङ्सिर – पुसको ठिहिर्याउने जाडो थियो । एक्कासी बेमौसमी वर्षा वर्षिन थाल्यो । खोलाखोल्सीमा माछा छोप्दै गरेकाहरू तर्सिए ।हाटबजारमा दाउ हेर्दै गरेकाहरूको सातो उड्यो । गाउॅं, सहरमा कोकोहोलो मच्चियो । सिरानतिर भने मौसम सफा जस्तै थियो । यद्यपिसुक्खा पहिरो खसेपछि खहरेको मुल फुट्यो । कति गाउॅं लाने हो ? कति सहर भत्काउने हो ? भन्दै सबैजना रोक्न लागिपरे । भएभरकाउपाय अपनाए । अन्ततः उनीहरू खहरे रोक्न सफल भए । खुसीयाली मनाए ।

खहरे निकै बेखुसी भयो । किनकी उसले ठूलो गडगडाहटको आवाज अझै निकाल्नु थियो । सबैतिरका फोहोरको डङ्गुर बगाउनु थियो ।कम्तिमा नदी भेट्नु पर्थ्यो । समुद्रसॅंग साउती मार्नु थियो । तर, बिचमै रोकिन बाध्य भयो । गन्तव्यको आधा बाटोमा जमिनु पर्यो । अबबग्दै गरेको खहरे निर्बाध चुलियो । एउटा गजधुम्म पहाड बन्यो । त्यो पहाडको चुचुरोमा बसेर त्यही पहाडलाई निमिट्यान्न पार्ने विषयमाछलफल चल्दै थियो । मुख्य योजनाकारले नामोनिसान नराख्ने निष्कर्ष निकाल्यो । उसको आसेपासेहरू ताली बजाउनमा व्यस्त थिए ।

भूकम्पले पृथ्वी हल्लाउन थाल्यो । एकैछिनमा त्यो पहाड छिन्नभिन्न भयो । त्यहीभित्रबाट मलिन स्वरमा थुप्रै विनीत स्वरहरू आइरहेथे, “हामीलाई बचाऊ ।”

खहरेले अट्टहास छोड्यो, “तिमीहरूले मेरो बाटो रोकेका थियौ नि । अहिले भूकम्पको अवतारमा आएँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर