
✍️ सरस्वती शर्मा सुवेदी
दिनदहाडे शहरमा बेथितिको फरमान चल्यो
विहानीमा शीतको थोपा नओभाउँदै मोती जल्यो ।
कलिला घाम उदाउँदै थिए आँगनीमा
अनायसै आएको बादलले बेमौसमी चाल चल्यो ।
दिनको पर्खाइ पत्थरिलो बिहानीमा घाम डुब्दा
मिर्मिरेको लालित्यमा बेढङ्गी त्यो बाफ चल्यो ।
मुठीभरी साहस बटुलेर न्याय खोज्न जाँदा
घुसखोरीको बजारमा गुप्त माफियाको बात चल्यो ।
भ्रष्टचारी, अंहकारी, अजम्बरी लर्कनसरी
सत्यको कठघरामा असत्यको साथ बल्यो ।
न्याय जल्यो सत्य जल्यो एकैपटक दुबै जल्यो
कचहरीको मझेरीमा बेइमानीको राज चल्यो ।
प्रतिक्रिया
-
४