✍️ नवीन शर्मा

एउटा यस्तो फाँट छ जहाँ बाट क्षितिजपनि क्षितिजमै देखिन्छ। आकाश पनि आकाशमै देखिन्छ (उल्लु बनायो चैने भन्न पाँईदैन नि है)। अनि आकाश आकाशमा नदेखिएर जमिनमा देखिन्छ त! तर देखिन्छ नि (फेरि उल्लु बनाउन लागेको होईन है)! कहाँ देखिन्छ भने पानीको तलाउमा देखिन्छ नि ! सङ्लो पानीमा😂। हो त्यस्तै सङ्लो चाहन्थे तिमीलाई। तर जती पल्ट तिमीलाई हेर्थेँ,हैन~हैन आफुलाई हेर्थेँ तिमीमा। तिमी उती पल्टै घमीलीँदै जान्थ्यौ।

संसारमा सबैभन्दा सजिलो कुरा त अरुलाई आरोप लाउनु पो हो त है।हो त्यही आरोप लगायौ भन्न मन थियो तर त्यती बेला तिमी मेरो समीपदेखि बहुत दुर थियौ। तिमी मलाई सङ्लो चाहन्थ्यौ होला तर घुमिल पनि तिमी आफैले बनायौ तर यो कुरोको तत्वज्ञानको तिमीलाई थिएन । किनकी तिमीले मलाई पानी नै सम्झियौ र पानीलाई नै अंगाल्न खोज्यौ तर म त पानी थिईन। तिमीले आफ्नो हृदयले मस्तिष्कमा बनाएको एउटा चित्र थिँए। तिम्रो मनको आकारमा उटाउन सक्ने भावना थिए। कविले लेख्न सक्ने कविता पो थिँए कि बा। यति भनेर उस्ले आफ्नो च्याट बक्सबाट मलाई ब्लक गरि। सोझै ब्लक नै किन भएँ त यो प्रश्नको उत्तर तिमीसङ्गै खोज्न मन थियो र छ पनि।

तिमी त कस्तो भिर जस्तो अप्ठ्यारो छौ है। यो प्रश्न फेरि उसैले गरेकी थिई।थाहा छैन किन म उसको लागी यति महत्वहिन भएँ या महत्वपुर्ण भएँ। बारबार ब्लक हुँदा महत्वहिन भएको बोध हुने र बारबार अनब्लक हुँदा महत्वपुर्ण हुने। यो दुबिधाले अँचेटी रह्यो।
उसको प्रश्न पछि म आफुलाई क्षितिजबाट देखिन सक्ने फाँट बन्न मन लाग्यो।आफ्नो मनलाई उसको हरेक प्रश्न थेग्न सक्ने गरि बिछ्याईदिँए। हृदयलाई सुकोमल मलमल जस्तो बनाँदिए र उसका हरप्रश्नहरु थेगीरहेँ। लाग्थ्यो म बिषयमा तर्कपुर्ण बहस गर्न सक्छु। तर उसको अघी एउटा स्कुले बालक जो आफ्नो मिसको अघि पाठ्यक्रमका प्रश्नहरुले थेचिए जस्तो जो उत्तिर्णाङ्कको आशामा घोसेमुन्टो पारेर उभिएको छ।आफुलाई जतीसक्यो सजिलो बनाउन मन थियो।चौडा सडकजस्तो बनाउन मन थियो। फराकिलो राजमार्ग जस्तो बनाउन मन थियो। रंगशाला जस्तो। समुन्द्र जस्तै बिराट बनाउन मन थियो। तर यी सबै कुराहरु मन मै थियो।
अब त उ बेस्सरी कड्किई! आफुलाई खुब हिरो सम्झिन्छौ है! आफू जस्तो कोहि छैन जस्तो लाग्छ है। म झसँग भँए उसले थुप्रै म्यासेजहरु लेखेर मलाई फेरि च्याट ब्लक गरिसकेकी रहिछे।

तर यतीबेला आफुलाई लेख्न मन थियो। भन्न मन थियो। को हौ तिमी? किन मलाई पिछा गरीराखेको छौ? मैले तिम्रो लागी के गर्दिनु पर्ने? आईन्दादेखी मेरो पिछा छोडिदेउ। तर यति क्रुर भएर म पनि त भन्न सक्दिनथेँ। तिमी अन्जान त होईनौ तर म त्यति जनकार पनि त छैन।

उसलाई चिनेको थिईन, जानेको पनि थिईन र देखेको पनि थिईन।तर प्रेम गर्न थालीसकेको थिँए।कुनै गणितीय हिसाब बेगर तिमी मेरो सम्बन्धको समिकरणमा बिना शेष हल भैसकेकी थियौ।कुनै भाजकले बाँड्न सक्दैनथ्यो। तर तिम्रो अन्तस्करणमा शेष थिँए कि हिसाबको कुनै दायरामा आउन सकेको थिईन थाहा थिएन। यति कुरा भन्न मन्न थियो मोबाईलको नोटप्याडमा लेखीभ्याईसकेको थिँए तर पठाउन आँट आएन। ब्याक स्क्रोलगरेर इरेज गरिदिँए।

उस्लाई भन्न त मन थियो गल्लक पाकेको मेवाजस्तो सजिलो हुन मन छ तिम्रो अघि ता कि बोक्रासम्म ताछ्नु नपरेर सजिलै खान सक्नु तिमी। तर तिमीले कुनै अवसर दिईनौ। तिमीलाई भिर लाग्ने मेरो स्वभावमा प्रेमको लिस्नो हालेर मुटुसम्म उकाल्न मन छ । मेरो छातीको बिराट फाँटमा उभ्याएर तिमी भनेको सुन्न मन छ कि :- आहा कति हरियाली कति बस्तिलो कति सम्म। यो दिनको खोजीमा छु।

आज बल्ल च्याटमा फेला परेकी उस्लाई लेखीदिँए
~तिमी त घ्युकुमारी जस्तो रहिछौ।
मैले यति लेखेर सेन्ट गरेदेखी म्यासेज त सिन भयो तर रिप्लाई भएन।धेरै बेर पर्खिँदा पनि रिप्लाई भएन। म अफलाईन भएँ।

उसले लेखेकी रहिछे~तिमी कवि कौ कि क्या हो ?
मैले हाहा रियाक्ट गरिदिँए र लेखेँ कवि त थिईन अब कवि बन्छु जस्तो लागेको छ।
-कसरी ?
-तिमीले बनाएपछि
-अनि कवि पनि मैले बनाएर बन्ने कुरा हो र ?
– अघि सम्म एउटा स्कुले बच्चो जस्तो थिँए। एउटा भिर जस्तो अप्ठेरो थिँए। अब कवि पनि कसो नबनिएला र!
(उसले दुई आँखामा पानको पत्ता वाला स्टिकरले मेरो छातीमा हानी।)
– कवि हरु सङ्ग त नसकिने रैछ।
– म भन्दा अघि कुन चाहिँ कवि सङ्ग सकिनौ र?
-कविको कमि कहाँ छ र। एनिवे मलाई कवि चेतना मन पर्छ। कविको प्रयोग मन पर्छ।कवि एउटा कवि मात्रै होईन उ समय हो भुत, वर्तमान र भविष्य।एउटा प्रयोगशाला पनि हो।
-उसको कुराले म वाल्ल परेँ, अब के लेखौँ लेखौँ भयो।
केही लेखिन।
(फेरि उसैले लेखी)
– मैले तिमीलाई पढिराखेकी छु। सुनिराखेकी छु।
मैले केही रेस्पोन्स नगरेपछी ओठ लेप्रो पारेको स्टिकर पठाई र अफलाईन भई।

(हेर्नुस त म त कस्तो भुस्सु मान्छे। अहिले सम्म उ को हो ,को थिई सोधेकै छैन। एकोहोरो पो भैएछ त! लु के गर्ने त अब।

एकैछिन ल! म अनलाईन जान्छु।तपाईहरु पनि आँउदै गर्नुस है)।
दुई दिन सम्म उ सँग कुरै भएन। उसको फोन नम्बर थिएन।अनलाईन उ आफै आएकी थिईन। उ अनलाईन आओस् र कुरा गरोस् लागेको थियो। बल्ल बल्ल तेस्रो दिन अनलाईनमा देखा परि।

-हाई !
-हेलो ! (सिधै तिमी को हौ भनेर सोध्न त मन थियो)
-सन्चै?
-तिम्रा यादहरुको कारण।
-हजुर , मैले बुझिन नि ?
नबुझे झैँ गरि।
केही बेरको कुरा पछि उसलाई सोधेँ।
– को हौ तिमी?
जवाफमा उसले भनी।
– म तिम्रो हरकथाहरुको पात्र।तिम्रो कविताहरुको बिम्ब। तिम्रो भावनाहरुको हरफ।
(म अलमल्ल परेँ, के हो के हो जस्तो लाग्यो)
-अनि किन फेक कुरा गरिराखेको त म सङ्ग(सोधेँ)
– कुरा फेक होईन, तर माध्यत फेक बन्यो।
– किन, बास्तविकता सङ्ग मनमुटाव छ ?
-छैन्, डर छ।
– भन्नाले?
– म तिमीले मलाई नचिनोस जस्तो लाग्छ। तिमीले किन भनेर पनि सोध्नेछौ तर म सङ्ग कुनै जवाफ छैन।
(म केही बोलिन्)
तिमीले मलाई प्रेम गर्न छोड्छौ कि भन्ने डर छ।( फेरि उ आफै बोली।)
म अन्टसन्टमा परेँ। केही बोल्नै आएन तर पनि बोलेँ।
-मैले तिमीलाई प्रेम कहिले पो गरेँ र? तिमी भ्रममा छौ।
-तिमीले मलाई प्रेम त गर्यौ कि गरेनौ थाहा भएन त यो भ्रम चाहिँ होईन।

यस्तो दावाका साथ बोलीराखेकि छे मानौँ उ मेरो प्रेमको हकदार छे।कोहो भनेर मैले छुट्याउनै सकिन। मनभित्र आँधी चल्यो। केही बेर आफुलाई सम्हालेँ।

-किन डर लाग्यो? हुन त तिमीले दुनियाँ सङ्ग प्रेमको नाटक गरेको हुन सक्छौ। कुन चाहीँ भनेर खुट्याउन गाह्रो भयो होला है?

अब त म झसंग भएँ। आज सङ्ग कसैको प्रेममा पर्ने त्यस्तो सौभाग्य कहाँ मिल्नु मलाई। आफुले प्रेम गरे पनि गर्नु पर्नेहरुले नगर्दिए पछि।म हरेककदममा हारेर पनि दौडिन नथाकेको एउटा धावक जस्तो छु। यती कुरा मनमा खेलाएपछी उसलाई एउटा म्यासेज लेखेँ।

– तिमी साँच्ची को हौ भन त?
– मैले भनिसकेँ त।
– तिमीलाई आफ्नै परिचय सङ्ग डर लाग्छ हो?
– लाग्दैन तर तिमी सङ्ग लाग्छ।

सायद आज सम्म म मान्छे नै छु त्यसैले डराउनु पर्दैन त्यो पनि ठूलो हृदय भएको। एउटा मान्छे कुमान्छे हुन त बेर लाग्दैन तर आज सम्म कुमान्छे बन्नु परेको छैन र बन्नु पनि पर्दैन होला सायद। मैले जिवनका हरेक यात्राहरुमा ठोक्किन आईपुगेका या स्वयम् म आफै ठोक्किन पुगेका यस्तै थुप्रै मान्छेहरु सम्झिन थालेँ। तर त्यसरी मैले स्वयम् प्रेमनै गर्ने गरी कोहि स्त्री प्रजाती सङ्ग ठोक्किए जस्तो त लागेन या भनौँ सम्झना आईपुगेन।

निक्कै दिनपछी एउटा म्यासेज आईपुग्यो !
– हेल्लो ! कवि जी। कस्तो छ तपाईको श्यामालाई ?
हँ ! कसरी थाहा भो। (म झस्किँए)
मेरो हुनै नसकेकी श्यामा जो म देखी बहुतै दुर भएकी थिई। जो सम्झनाबाट समेत मेटीईसकेकी थिई।हराईसकेकी थिई। कसैले सुनाएको थियो कि उ यो संसारमै छैन भनेर। म उसलाई कल्पमा ल्याउन सम्म नआओस चाहन्थेँ। मेरो हृदयले सम्म पनि चाल नपाओस् चाहन्थेँ फेरि पनि उसैको सम्झना दिएर मलाई किन टर्चर गरिरहेकी भन्न मन थियो। तर अरुलाई भनेर आफुलाई हलुका हुनेपनि त होईन।यहि सम्झिएर आफुलाई सन्त्याएँ। आफुलाई हलुका बनाउदै गैरहेको थिएँ। सजिलो बनाउदै गईरहेको थिएँ। फेरि को हो त्यो अजनबी जसले श्यामाको नामको शुल छाती भित्र चलाईदिई। म पुडाले तड्पिनु बाहेक बिकल्प थिएन।

उसलाई भन्न मन त लागेको थियो।श्याम! जो तिमी नाम लिईरहेकी छौ उ मरिसकि। संसारमै छैन।मैले त बिर्सिपनि सकेको थिएँ। मनबाटै हटाईसकेको थिएँ।हृदयबाटै मेटिसकेको थिए।मस्तिष्कबाटै त्यागी सकेको थिएँ तर आँट आएन।

-किन बोल्नुहुन्न कवि जी। कि उसलाई प्रेम गर्न पो छोड्नु भयो कि? कि श्यामा भन्दा पनि बेहत्तर कोहि सुन्दरीको आगमन भैसक्यो जिवनमा? तर तपाईको श्यामा साँच्चिकै सुन्दर थिई ।

मलाई केही भन्नै आएन, बोल्नै आएन।को हो यति बिघ्न मेरो बारे चासो राख्ने।वास्ता राख्ने। कि श्यामा त्यो दिन देखि मेरि होईन भन्ने उसलाई थाहा छैन? यति सम्मको कुन्डली जान्ने मान्छे लाई साँच्चै यत्तीपनि थाहा छैन त? कि जानीजानी यसो गरिरहेकी छे। उसको श्यामा प्रतीको चासोले मलाई हिर्काईरहेको थियो। म सहँदै गईरहेको थिएँ। सम्हाल्दै गईरहेको थिँए।

श्यामा जो सबैमा एक थिई।मेरो लागी उ केही थिई भन्दा पनि हरकोही थिई। अनेक थिई। स्वरुप-स्वरुपमा थिई।
कहिले सास जस्तो
कहिले साथी जस्तो
कहिले प्रतिस्पर्धी जस्तो
कहिले सहज पिचरोड जस्तो
कहिले तारे भिर जस्तो
कहिले अभिभावक जस्तो
कहिले गुरु जस्तो
कहिले प्रेमिका जस्तो
र म मलाई बनाएकी थिई मान्छे जस्तो

म त कहाँ थिएँ र त्यस्तो
उसले बनाए जस्तो
कहिले बहुमुल्य त कहिले कस्तो कस्तो
आफैमा सजिलो आफैमा सस्तो

अहो! म फेरि पनि उसैलाई सम्झिन पो पुगेछु।कल्पनामा हराएछु।स्मृतीमा तैरिएछु। हिमाल जस्तो पग्लिएछु। खोला जस्तो बगेछु।तालजस्तो थुनिएछु। फेरी आफू मान्छेबाट भागेछु र प्रकृति बन्ने प्रयत्न गरिरहेछु।कुनै पल श्यामा सँगको मिलनको आथाहा भोकले यस्तै भएको थिए।उसैसँगको मिलनको प्यासले काकाकुल भएको थिँए। आकुल्ब्याकुल भएको थिएँ।

अब त उसलाई जवाफ पठाँउ जस्तो लाग्यो। लेखेँ
– प्लिज, बरु आउ र धारिलो हतियारले रेटिदेउ तर बारबार मलाई यसरी नछेड। मलाई नटुक्र्याउ। यति सहेर बस्नुभन्दा सेरिन चाहन्छु तिमीबाटै बरु तिमीलाई केही बात लाग्न दिनेछैन।
– कति चाहन्छौ उसलाई ( उसले लेखी) ?
– जति सम्म चाहँदिन आफुलाई त्यो भन्दा बढी। जति चाहन्छ पुर्णिमाले चन्द्रमालाई, हरबिहानले रोशनीलाई, हरक्षितजले गोधुलीलाई।
– किन टाढा हुन दियौ त उसो भए ?
– हुन दिएको होईन्। नदिँदा नदिँदै पनि टाढा भैजाने सङ्ग नसकिँदो रहेछ।
– उसलाई सोध्यौ :- कि उ किन टाढा भै आफुदेखि?
– निष्ठुरीलाई सोध्न मन लागेन। कुनै दिन त मेरो सम्झना आउला र पक्कै एकबार भएपनी सम्झिन्छे होला भन्ने लागेको थियो र छ पनि। मेरो मायाले उसलाई सजिलै भुल्न त कसरी पो देला र।
– मैले नसोधेर उसलाई पनि कति पीडा भएको होला भन्ने लागेको छैन तिमीलाई ?
– उसको बारमा केही थाहा छ तिमीलाई? प्लिज यति हेल्प गर न।
– उसलाई हृदयबाटै हटाएको मान्छेले किन बुझ्नु पर्यो त। भो छोडिदेउ उसलाई सम्झिन। सायद अबदेखी उसले पनि तिमीलाई सम्झनाबाट हटाउनु पर्छ।

मलाई केही बोल्नै आएन र बोलिन पनि।

– तिमी उसलाई भेट्यौ भने के गर्छौ (उसले लेखी) ?
– मैले गर्न त के नै सक्छु होला र तर पनि उसलाई एक जिन्दगी पुग्ने गरि हेर्न मन छ। महशुस गर्न मन छ। उसको करिब गएर उसैको आँखामा हेर्न मन छ कि आजसम्मको उसले पाएको खुसी, आनन्द र सुखानुभुती। उसको जिवनले आजसम्म हिँडेका बाटाहरु हेर्न मन छ। उसको आँखाको भाव बुझ्न मन छ। उसको चरणमा परेर माफी माग्न मन छ कि यो गल्ती मेरै थियो।
तर तिमीले आज एउटा कुरा भन्दिनु पर्छ कि श्यामा कहाँ छे?
– आफुलाई हेर, महशुस गर, आफैमा खोज, आफैमा भेट्नेछौ उसलाई कि उ तिम्रो बहुत करिव छ।एकदमै समिप छ।

मेरो धड्कन तेजले धड्किरह्यो, उसलाई छुनु चाहतले ब्याकुल बनायो।उसैको तलतल बढेर आयो। उसैको नशामा डुबेँ ।
उसले लेखी – जुन दिन तिमीले श्यामालाइ सम्बोधन गर्यौ र केही पंक्ति लेख्यौ उसको पीडा आधा जस्तो भयो। तिमीले हरेक स्पेशल मोमेन्टमा उसलाई लेख्यौ र उसको पिडाको तलाउबाट तैरिन मद्दत गर्यौ। उसको सम्बोधनमा कविता लेख्यौ। उसलाई फेरि पनि जिवनप्रती मोह बढेर आयो। आफ्नो लागी पनि अझै कोहि छ जस्तो लाग्यो।हरथोक बाँकी नै छ जस्तो लाग्यो। आफैलाई एकपल्ट छामी। चिमोटी आफैलाई। ऎनाको अघिल्तिर उभिई र तिमीलाई सम्बोधन गरी र मुस्कुराई।

उसले अझै लेखी लेखी – तिमीलाई यो सब कसरी थाहा भयो भन्ने पनि लाग्ला त्यो भन्दा अघि म नै तिमीलाई यी सब कारणहरुको जवाफ दिन चाहन्छु। आज भन्दा करिब चारबर्ष पहिले तिमीलाई माया गर्ने एक युवती थिई जो तमाम उल्झनले बेरीएर आफैलाई सेरीए जसरी आज सम्म न जीवन जस्तो न मृत्यु जस्तो मात्र बाँचीरही।

-उसले त बिहे गरेर गएकी होईन आफै( मैले सोधेँ) ?
उ केहीबेर केही बोलिन।यसको कारण यतीबेला सम्म मलाई पनि थाहा छैन।

उसले लेखी तिमी केही जरुरी कामले घर गएका थियौ। तिम्रो गाँउमा फोन लाग्दैन थियो।तिमीलाई भन्न हरप्रकारले प्रयास गरेँ तर सम्भव भएन।अन्तत: उसको बिहे भयो। केटा अमेरिकामा बस्थ्यो। घरमा आएको बेला बिहे गरेर अमेरिका फर्कियो। उ अमेरिका पुगेको पनि अरुबाटै थाहा पाएँ। त्यसको केही महिनामै खबर आयो।उसको उता छोरो जन्मियो भन्ने आफ्नो आमालाई अमेरिका बोलायो। त्यसपछी उ माईती फर्किईब।सबै गल्तीहरुको सजाय आज उसले भोगीरहेकी छे। जो तिमी सँग बोल्ने बाहानामा यसरी आफ्नै प्रेमसँग एउटा झुठ बाँचीरहेकी छे। जो यतीबेला तिमीसँग बोलीरहेकी छे। म तिम्रो तिम्रो जिवनमा शून्य भएर बाँच्न चाहन्छु सिर्फ शून्य।

– त्यसपछी पुन: म उसको च्याटबक्स बाट ब्लक भएँ।

प्रतिक्रिया

सम्बन्धित खवर