✍️ तिला लेकाली

जादैछु तिमी नरुनु प्यारी यो बाटो हेरेर
वर्षदिन नभई फर्किन सक्छु कात्रोले बेरेर

छन् छोराछोरी अमुल्यरत्न हुन् हाम्रा सम्पत्ति
लाहुरे जीवन यस्तै हो प्रिया नमान्नु आपत्ति
फर्केर आउन सकेछु भने हुनेछ भेट हाम्रो
दुश्मनको गोली लागेमा आफ्नो गर्नु है ख्याल राम्रो

ती छोराछोरी र बुढी आमा छन् तिम्रै आसमा
गाँसबासजस्तै ममता ठूलो हो प्रिया खासमा
नेपाल आमा ! हुँ वीर सन्तान काँतर भै भाग्दिन
ढालेर शत्रु फर्किन सकूँ अरु वर माग्दिन।

(तिला लेकालीको यो गीतले बिश्व युद्ध गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो)

प्रतिक्रिया

सम्बन्धित खवर