✍️ बिष्णु खनाल

     गजल – एक

घरबेटीलाई कोठाभाडा तिर्ने पैसा छैन ।
भएको पैसा सकियो घर फिर्ने पैसा छैन ।

विदेश तिर जाँउ भन्छु पैसा कमाउनलार्र्इ ।
बिडम्बना मेनपावरमा छिर्ने पैसा छैन।

नाम फेरिसके मैले बैरागी हो भन्दै हिन्छु ।
कमन्डलु खरिदगरि भिर्ने पैसा छैन।

जागिर खान गाह्रो हुन्छ यहाँ जति पढे पनि ।
घुसको सहायता लिदै गिर्ने पैसा छैन।।

कोठामा छु नुन र तेल पानीपनि किन्नुपर्छ।
रोग लाग्दा ओखतीले घाँटी चिर्ने पैसा छैन ।।

    गजल – दुई

आज मैले आफ्नो यो दिल दुखेको कुरा गर्दैछु यहाँ
जन्म भुमिबाट टाढा भै अरुको भर पर्दैछु यहाँ ।।

आफ्नो स्वाधिन्ता देखि पर रहेर एक्लै जिउनु पर्दा
चोटै चोट बोकि जिउदै क्षण क्षणमा मर्दैछु यहाँ ।।

राज्यामा त्यो भ्रस्टाचार बढेको थाहा हुदा हुँदै पनि
अनविज्ञ झै भुईँ ढुकुटीमा रेमिट भर्दैछु यहाँ।।

मेरो यो राज्याले युवा शक्ति मागी रहेको परिस्थिमा
बाध्यताले प्रवासी हुँदै कर्तव्यबाट टर्दैछु यहाँ ।।

नेपालि हुँ र मेरो नेपाल आमाको रक्षा गर्नलाई
कसम खाइ परदेश बाट बसाई सर्दैछु यहाँ ।।

आफ्नो राज्यामै पौरखी पसिना बगाई फलाउछु सुन
परदेशी भुमीबाट म मुग्लानी समुन्द्र तर्दैछु यहाँ ।।

प्रतिक्रिया

सम्बन्धित खवर