✍️ गोविन्दराज पौडेल

 

मुक्तक – एक

मेरो आफ्नै भाग्य स्वयम् म आफैँले लेख्न पाको भए
कस्ले लेख्यो कसरी लेख्यो, लेखेको देख्न पाको भए
सायद जीवनमा सधैभरी यसरी दुःखीरहन पर्थेन होला,
दुःख लेख्ने त्यो पापी भावीलाई दैलोमै छेक्न पाको भए

      मुक्तक – दुई

आफ्नै घरमा पनि किन आज पराया जस्तो भएको छु !
घरकै जोहो गर्न भनी दिनहुँ जा अनि गिरमा परेको छु !!
सधैभरि अभाबै अभाब केही नपुगेको निरस जिन्दगीमा,
शारीरिक र मानसिक दुःख कष्ट ब्यथा वेदना सहेको छु !!!

      मुक्तक – तीन

के बोलेकीरुउनको बोलीले आज फेरि च्वास्सै मुटु घोच्यो !
जीवनका गोरेटालाई डोर्याउनेले आज छ्वास्सै मुटु घोच्यो !!
सहयोग सद्भाव र सहयात्रामा रमाउने यो मनुवालाई फेरि,
होसमा होइन रहेछ नजिकिदा खै केले झ्वास्सै मुटु घोच्यो !!!

मुक्तक – चार
मेरो आफ्नै जीवनकै एउटा दुखद ईतिहास लेख्ने मन थियो !
दर्शन ढुङ्गा पनि चपाई उकालीमा भारी बोक्ने तन थियो !!
अहिले पो सिलाउँदै टाल्दै गर्दा अति रुग्ण र जिर्ण भएछ,
मान्छेभन्दा समय बलवान हुदा साथमा साथदिने जन थियो !

मुक्तक – पाँच

गहिरो थियो सानू मेरो अभिलाषा माया साटेर !
तिमीसित हास्दै खेल्दै मुग्लानै पस्ने डाँडै काटेर !!
निरस मेरो जिन्दगीमा अन्जानमै जन्मिएको माया,
फलाउँला फूलाउँला भनेको त छुटी गयो दिलै फाटेर !!

प्रतिक्रिया

सम्बन्धित खवर