✍️ टङ्क खुलाल कार्की

मुक्तक – एक

जस्तै परोस जीवनमा बाधा ब्यवधान
सहदैन कसैले यहाँ अरुको अपमान !!
तर अचम्म छु किन जान्छन मन्दिर,
घरमै छन बाआमा साक्षात भगवान !!

मुक्तक – दुई

आँसु झारेर के फाइदा निस्ठुरिले छाडेपछि,
अलिअलि भएको माया चारैतिर बाँडेपछि !!
आफन्तले चोट दिँदा भतभती पोल्छ छाती,
मज्जाले हाँस्नु तिमी मेरो अस्तु गाडेपछि !!

मुक्तक – तीन

यहाँ आफ्नै मान्छे बिरानो हुनसक्छ
बल्झेर दुख्ने घाऊ पुरानो हुनसक्छ !!
विरूद्धमा कोको थिए यकिन छैन्,
प्रहार सहने छाती त अचानो हुनसक्छ !!

मुक्तक – चार

धनी गरीब जिन्दगीको बाटो एउटै हुँदैन भो,
मानो भराई दैनिकीको आटो एउटै हुँदैन भो !!
रहन सहन तलमाथि गोरेटो नै बेग्लै फेरी,
घाउ एउटै भएता पनि खाटो एउटै हुँदैन भो !!

मुक्तक – पाँच

जन्मभुमिले भुइमा खत्रक लडाएपछि
समयले हातमा पासपोर्ट अडाएपछि !!
खोइ कस्तो समय न गर्दा हुने न मर्दा
जिन्दगी दुःखै दुःखमा पुन सडाएपछि !!

 

प्रतिक्रिया

सम्बन्धित खवर