✍️ बाबुराम राई
मुक्तक – एक
मेरो अन्तिम यात्रामा, तिमी हुन्छेउ हुन्नौ ?
मेरो लास जल्दा, तिमी रुन्छ्यौ रुन्नौ ?
जे हुन थियो भैगो, यस्तै रैछ संसार !
मेरा मलामी छुट्टिदा, आगो छुन्छेउ छुन्नौ ?
मुक्तक – दुई
किनार बसी गहिराई नाप्नेहरू धेरै छन् !
मात्रै आगो बल्दा ताप्नेहरू धेरै छन् !
मुखले ठिक्क कामले दिक्क पार्छन्
परि आउँदा खुट्टा काप्नेहरू धेरै छन्।
मुक्तक – तीन
आउनुस् नेताज्यू सँगै संवाद गरौँ ।
देखावटी भाषणमा मिली घात गरौँ ।
पक्ष–विपक्ष उस्तै त हौँ सबै हामी,
बेचौँ आलोपालो मिलेर बर्वाद गरौँ ।
मुक्तक – चार
सबैको जिन्दगी यसै कारण खास हुन्छ।
नमरिन्जेले सम्म हरेक पल आश हुन्छ।
किन गर्नु अहंकार बाँचुन्जेल दुनियामा
आखिर, सबैको जीवन मृत्युको दास हुन्छ।
मुक्तक – पाँच
खै ! मबाट के कसुर भो
मुटु बाटै धड्कन दुर भो
थिए सप्तरङ्गी सपनाहरू,
रंगीन नहुँदै चकनाचुर भो
प्रतिक्रिया
-
४
