✍️ मञ्जु घिमिरे दाहाल

 

मुक्तक – एक

पहिलो पटक मिल्ने साथी भेटेँ यो जीवनमा
एकछिन भेट नहुँदा नि खटपटि भो मनमा
बिश्वासले यति कुरा माग्छु भगवानसँग
कहिल्यै पनि घुनपुत्ली नहोस आफ्नोपनमा !

मुक्तक – दुई

सधैँभरि तिम्रो शिर उचो राख्नु नझुकाउनू
सजिलै कसैसामु दुःखको पोको नफुकाउनू
परिश्रमले आत्मनिर्भर रहन सिकाउँछ सधैँ
सङ्घर्ष साहसिक कथा ज्ञान हो नलुकाउनू।

मुक्तक – तीन

कसैको कुलतले आफन्तको त सातो हर्छ
हो, लामो कुलतले त मान्छे खतरामा पर्छ
जब आत्मिक बन्छ मान्छे त्यसपछि बल्ल
एकले अर्कोलाई बचाउन हर प्रयत्न गर्छ।

मुक्तक – चार

मनको कुना बसुन्जेल हुन्न अनमेल
तर्कयुक्त विवादमा गरिन्न जालझेल
मन सफा भएपछि साथसाथ रहेपछि
झगडाले माया बढ्ने पिरतीको खेल।

प्रतिक्रिया

सम्बन्धित खवर