✍️ समीर संगम

गजल – एक

देश बोकेर हिड्छन संधै गोलि छातिमा थाप्ने मान्छे
दुईटुक्रा भइ घर फर्कियो घाटीमा खादा थाप्ने मान्छे

अचेल कस्को आशु पुछी तिम्रै हुँ भन्छेउ धोकेवाज
पहिले तिमी थियौँ आशु खस्दा हत्केला थाप्ने मान्छे

दुई चार पाइलाहरु हिड्न सिकाए भनेर भर नपर्नु
आफ्नै हुन्छन गर्धन काटेर तल भाँडा थाप्ने मान्छे

आफ्नै सम्झेर यो मुटु पो सुम्पेको थिए तिमिलाई
तिमी पो परिछौँ मुटु निचोरेर डोका थाप्ने मान्छे

धनिका सन्तान हुन घरमा घण्टी बजाउने सन्ध्यामा
प्रायः गरिब नै हुन्छन् चोकमा कचौरा थाप्ने मान्छे

गजल – दुई

जान्नँ भन्छु जानै पर्ने बाध्यता आउँछ कर आउँछ
पीडा यो हो पुल तर्ने बित्तिकै भुपुको घर आउछ

हैसियत हेरेर मुटु जोड्नु पर्ने रहेछ जोड्ने बेलामा
यता माया भर्खर सुरु हुदा उता मध्यान्तर आउँछ

क लेख्न नजानेले डा. लेख्ने बनाएको परिणाम हो
बा आमा वृद्धाश्राममा छोडेर छोरो सहर आउछ

आफू सानो भएर अर्कालाई जिन्दगीभर प्यार गर्नु
आफ्नु हैसियत नियाल्ने धोका बुझ्ने अवसर आउछ

छोडेउ ठिकै भो छोडेको सबैलाई खराब नसोच्नुहोस्
बुझ शालिग्राम किनार लाग्छ नदिसंगै पतिङ्गर आउछ

प्रतिक्रिया

सम्बन्धित खवर