✍️ ईन्द्रबहादुर रोकाया
गजल – एक
जति बिझाउन सक्छौ बिझाउनु आँखामा बसेर।
यति नै सम्झिनु मुटुमा ठाउँ छैन बाआमा बसेर।
तिमिले गरेको प्रेमलाई नाटक हैन कसरी भनु,
भुमिका निभाए जस्तै गर्यौ कुनै कथामा बसेर।
सजिलै एउटा छोडेर अर्कोलाई अगाल्नु पहिले,
पीडालाई अनुभव गर दिलको सिमानामा बसेर,
जिन्दगीसँग खेलेर कति मुनाफा पायौ आजसम्म
प्रेमको व्यापार गरेको हौ प्रेमिकाको दर्जामा बसेर।
गजल – दुई
दिल बाट हैन जिब्रोले मात्र प्यार गर्छन् ।
दुनियाँले यसरी नै प्रेमको ब्यापार गर्छन् ।
भोलि तिनिहरु नै हुन कानुनका रक्षक हुने,
जो बालिका देख्दा मनमनै बलात्कार गर्छन् ।
एकदिन त अवस्य मर्नुछ सब दुनियाँ भुलेर,
मान्छेहरुले मर्नु पहिल्यै नै मर्न हतार गर्छन् ।
उनिहरु न दुस्मान हुन न आफ्न्त जस्तो छ्न्
मात्र दिल भित्र बसेर हमला बारम्बार गर्छन् ।
म आफैँले आफैलाई चिन्न छोडिसकेको छु,
आझै यादहरु तिमिलाई चिन्न इन्तजार गर्छन् ।
प्रतिक्रिया
-
४
