✍️ लोकराज न्यौपाने
मुक्तक – एक
हुँदैमा खरको छानो फरक पर्दैन
खान पुगे एक मानो फरक पर्दैन
थुपारे नि सम्पत्ति, लान पाइने होइन
ए, नबनाउन मन सानो फरक पर्दैन ।
मुक्तक – दुई
यस्तो बस्यो हाम्रो रिती झन् भन्दा झन्
कागजैमा सीमित भो नीति झन् भन्दा झन्
स्वीजरल्यान्ड बनाउछु भन्न छोडेका छैनन् अझै
बिग्रदैछ देशको स्थिति झन् भन्दा झन् ।
मुक्तक – तीन
यसो हेरे आँखाको नानी मन पर्यो
चञ्चले उस्को त्यो बानी मन पर्यो
के गरौं कसो गरौँ दुबिधामा छु
अनयासै साथीको रानी मन पर्यो ।
मुक्तक – चार
नगराउ क्षणमै विचार भिन्न के गर्नुपर्छ भन
तिमीलाई राम्रोसँग चिन्न के गर्नुपर्छ भन
साच्चै अति महङ्गो रैछ त्यो तिम्रो माया
कति पैसा चाहिन्छ ? किन्न के गर्नुपर्छ भन
मुक्तक – पाँच
सधैँ हान्छेऊ मुस्कानको तिर कस्तो कस्तो भयो
बेहद गर्छौ मेरै पिर कस्तो कस्तो भयो
बाचा कसम खाइएला, माया प्रेम लाइएला,
सक्दिन कि रङ्गाउन शीर कस्तो कस्तो भयो ।
प्रतिक्रिया
-
४
