✍️लक्ष्मण आजाद
गजल – एक
केही पुतली जस्ता खुसीहरू आएका छन्
आझै छिमेकमा सबैले बत्ति बालेका छन्।
आसुले सिँचाइ गरेपनि कुनै बिरुवा उम्रिने छैन
बुढो हातले कलिलो सन्तान गाढेका छन्।
तिम्रा जन्ती आउनुअघि मलाई मेरो बाटो देखाउनु
मेरा मलामीहरू कहिल्यै घाट नदेखेका छन्।
तिमी दुश्मन चिन्ने चिनाउने कुरा नगर यार
मेरा आफन्तहरू सबै मैले चिनेका छन्।
गजल – दुई
त्यति कठोर कहिल्यै हुदैनन् आमा
तिमीले आमा लेख्न हुन्थेन ढुङ्गामा
म आँखा बेचर घर पुग्नै सकेको छैन
छोराले चस्मा लगाउने भन्थ्यो आँखामा
चुलोमा आगो सल्काउदै गर बाबु सकिन्छ
भोलिआगो लगाउनु पर्छ मेरो चित्तामा
ठूलो भयो बिर्सियो सोच्दाहुन काँडाहरू
अचेल मैले चप्पल लगाइरहदा खुट्टामा
प्रतिक्रिया
-
४
