✍️ मधुसूदन प्रसाद घिमिरे

खसम ले भने, ‘म चार दिनको लागि फिल्ड जान पर्ने भो । तिमी केटा केटी हेरेर बस है । पहिला भए हामी दुवै घुम्न जाने गर्थ्यौँ । अब साना नानी हरु छन् । लिएर हिड्न पनि गारो ।’
पत्नीले भनिन् , – ‘वस भै हाल्छ नि । अब हजुर जता गए पनि हामी पछि पछि जान समयले पनि त दिदैन ।’

पतिले झेला बोके । हिडेँ । घरमा साना नानीहरूलाइ उसले खुवाइ पियाइ गरि । बिहान तुलसी पूजा गर्ने गर्थिन्, त्यो पनि भ्याइन ।

तीन दिनको दिन ऊ कहाँबाट यौटा साथी आयो । अति हेण्डसम थियो ऊ । बिहे हुनु पूर्व त्यो साथीसँग उनी शैक्षिक भ्रमण भनेर कति हिँडेकी थिइन् ।

त्यै साथी अचानक उनलाइ खोज्दै आयो । उनीहरू बीच बिगतका मिठा सम्झना र कुराहरू आदान प्रदान भए । उनीहरू दुवैले पहिलाको सम्झनामा एक पटक पहिलेकैझैँ भए ।

श्रीमान् पनि भोलि आउनु हुन्छ । आज त पक्का पनि आउनु हुन्न उनले यस्तै ठानिन् उनले । मसिना भुरालाई खाना दिइन । सुताइन । अनि त्यो रात उनीहरू एक-आपसमा पुरानो सम्झनामा रमाए ।

बिहान उनले आफ्नो काम दैनिकी पूजा सके पछि भनिन् ‘आज ख्यामित आउनु हुन्छ । अब तिमीले मलाई रातो टीका लगाइ देउ ।’ तुलसी पूजा गरेका टीका दुवैले लगाए ।

ख्वामित आउनु भएपछि उनले आफ्नो साथीलाई चिनाउँदै भनिन् ‘मेरो क्याम्पस पढ्दाका साथी ऐले भर्खर मलाई भेट्न आउनु भा रैछ ।’ उहाँ भन्नुहुन्छ – ‘अब हामी दाजु बहिनी बनौँ । मैले पनि हुन्छ भनी टीका लगाइ दिएँ । यी हजुर पनि तुलसिको प्रसाद लगाइस्योस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर