✍️ डा. श्यामप्रसाद न्यौपाने

 

“ओहो ! हजुर त निकै सिपालु र नामुद कवि पो हुनुहुँदो रहेछ” रोहनले रमेशको बैठक कोठाको भित्तामा सजिएका सम्मानपत्रतिर हेर्दै भन्यो ।

“हो त । तपाईंलाई थाहा थिएन र !” रमेशले भन्यो ।

ओहो ! देशविदेशका विभिन्न साहित्यिक संघसंस्थाले सम्मान गरेको सुविख्यात व्यक्तित्वलाई भेटेर आज मेरो हर्षको सीमा रहेन ।

“धन्यवाद ।” रमेशले भन्यो ।

“अँ त कविज्यू, कुन कुन छन्दमा हजुरको कलम चल्छ नि ?” रोहनले जिज्ञासा राख्यो ।

“अँ…अँ….अँ…… ।” रमेशले केही सोचेजस्तो गर्‍यो ।

“अँ, त्यसो त म धेरै छन्दमा कलम चलाउँछु तर ‘तरुणतपसी’, ‘ऋतुविचार’, ‘सुलोचना’, ‘मुनामदन’ र ‘एक् दिन् नारद सत्यलोक् पुगिगया’ छन्दमा मेरो कलम निर्वाध चल्छ” उसले भन्यो ।

रमेशले छन्दका नाम भनिरहँदा रोहनले आश्चर्यचकित हुँदै उसले प्राप्त गरेका सम्मानपत्र भित्तातिर हेरिरहेको थियो ।

भित्तामा राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थाले प्रदान गरेका अभिनन्दनपत्र र सम्मानपत्र हावाको गतिमा पर्दाबाट छेकिएर लुक्न खोज्दै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर