– उमानाथ दाहाल
त्यो नियमित आकस्मिकता थिएन । त्यसो त त्यो नियमितता पनि थिएन । सधैँ एकनास नभइ चलिरहने त्यो एउटा अवस्था थियो जुन सरस्वतीको जीवनमा सामान्य जस्तै भइसकेको थियो ।
आज उनले केही तरकारी, थोरै अचार र दुई गाँस भात खाएर पेट भरिएको महसुस गरिन् ।
हिजो मात्रै उनले तरकारी भेटिनन् र अचारसँग केही भात निलेकी थिइन् । अस्ति अस्तिको पनि अवस्था यस्तै हुन्थ्यो । कहिले तरकारी अलि रहने भात नरहने, कहिले तरकारी नरहने निस्तो भात खानु पर्ने आदि आदि ।
यसरी प्रत्येक दिन सबैभन्दा पछाडि खाने उनले झुक्किएर कुनैदिन बाहेक कहिल्यै पनि सबै खानेकुरा मिलाएर रुचुन्जेल खान पाएकी थिइनन् । तर अचम्म, उनी कहिल्यै असन्तुष्ट देखिइनन् । उनको हँसिलो मुहारमा कालो बादलले घेरा हाल्न कहिल्यै पाएन । हुनसक्छ आफूले जे जस्तो अवस्था भोग्दै आए पनि सन्तानलाई आफ्नै हातले भरपेट खुवाउन सकेकोमा उनी सन्तुष्ट थिइन्, किनभने उनी आमा थिइन् ।
***
प्रतिक्रिया
-
४
