– यमुना प्रधानाङ्ग ‘मुना

– “ए आमा! फेरि पनि राजधानीको खोला किनारमा अव्यस्थित तरिकाले घर बनाएर बसेका सुकुम्बासी बस्तीमा डोजर चल्ने भएछ नि ! समाचार सुन्नु भयो ? ” मिरा र म गफ गर्दै बसेको ठाउँमा बाहिरबाट आएका मिराको छोरा सुमनले आमालाई दु:ख मन गर्दै भन्यो।

– “अहिले इन्टरनेटको जमाना, सुने । त्यो त पहिल्यै गर्नुपर्थ्यो तर के गर्नु जेमा पनि राजनीति घुसेको छ । राजधानी जस्तो शहर कुरुप भएको नदेख्ने विपक्षी जनताका आँखा कस्तो होला ? ” आक्रोशित मुद्रामा मिराले भनिन् ।

– “तिमीले ठीक भन्यौँ मिरा! राजनीतिको शब्द सुन्नासाथ मलाई मेरो दुरदर्शी स्वर्गीय बुबाले भन्नुभएको कुरा याद आयो।”

– “कस्तो कुरा अन्टी ! भन्नु न ! ” सुमनले बुझ्न चाह्यो

सुन बाबु! तिमी जन्मेको पनि थिएनौँ होला । झण्डै दुई दशक अघिको कुरा हो । एकदिन मेरो काकाको छोरी रमला दिदी मेरो घरमा आउनुभएको थियो र बुबालाई भन्नुभएको थियो, ” हाम्रो राजधानीको मुटुमा रहेका खोला किनारको खाली जमिनहरू धमाधम बिक्री हुँदैछ दिदी! आनाको ५० हजार पर्छ, तपाईं पनि लिनु ३/४ आना । अहिले टहरो बनाएर बस्ने, पछि तपाईंको नाममा पास गरिदिन्छौं भन्दै थियो एउटा नेताले, के गर्नु आफूसंग पैसा छैन,भए त लिनुहुन्थ्यो, ठूलो बुबा ! ”

-” हँ , के भनेकी नानी ! त्यस्तो जग्गा लिनुहुँदैन । पास हुन्छ भन्ने पक्का हुँदैन। त्यस्तो सरकारी जग्गा पास गरिदिन्छौं भन्दै ठगी खाने ठग ग्याङ्गहरूको काम हो त्यो। ”

– “हो, ठीक भन्नुभयो ठूलो बुबा! त्यसले खुब कर गर्दै थियो, ऋण लिएर भएपनि लिनुपर्ला भन्ठानेको थिएँ, मैले त ! हजुरलाई सोधेर राम्रो गरेछु ।” भन्दै रमला दिदी उठेर जानुभएको त्यो दिन, आज झलझली सम्झिरहेछु ।

– “अहो अन्टी! हजुरको कुरा सुन्दा त यस्तो लागिराखेको छ नि! त्यहाँ सक्कली सुकुम्बासी न्यून छन् , धेरै त हुकुम्बासी नै छन्, शंकै छैन, पक्का हो ।”

***

प्रतिक्रिया

सम्बन्धित खवर