– मिथिला अधिकारी

१,
आँसु साँच्न मिल्थ्यो भने बनाउँथे एउटा कुवा
हलुका भै उड्न सके बनी दिन्थेँ सिमल भुवा
जित्न कहिल्यै सकिएन यो भाग्यको खेल लाई,
हार्न मन छ यो जिन्दगी खेली खेली प्रेमको जुवा ।

२,
ठाउँ फेर धर्म फेर जति जे जे फेरे पनि
फेरिँदैन भाग्य आफ्नो चिना टिपन हेरे पनि
बर्मा गए कर्म सँगै नेपाल गए कपाल भन्छ्न
मेटिँदैन भाग्य रेखा मेट्छु भन्दै केरे पनि ।

३,
न असिना पानीले गलाउन सकेको
न ज्वालामुखीले जलाउन सकेको
कस्तो खाले झार भयो जिन्दगी,
न मर्न सकेको न पलाउन सकेको ।

४,
खुसी पनि च्यातिएको नाना जस्तै भयो
वर्षादमा चुही रहने छाना जस्तै भयो
संघर्षले गलाएको जिर्ण जिन्दगानी
लेख्दै केर्दै गरेको पाना जस्तै भयो

५,
बाटो बदलियो लक्ष बदलियो तर मन उस्तै छ
भिजेका यि गह भित्र पनि तस्बिर झन उस्तै छ
छोडी जाने निष्ठुरी लाइ रोक्न पनि त सकिएन
बिर्सी गयौ, मेरो दिलमा मायालुपन उस्तै छ

***

प्रतिक्रिया

सम्बन्धित खवर