– पुरु लम्साल
१,
कसैलाई धाेका दियाै कसैलाई प्यार गर्याै
अन्त्यमा तिमीले पनि आँसुकै व्यापार गर्याै
पीर नभएकाे र पीडा नभएकाे त लास हुन्छ
रुनु भन्दा अगाडि के साेच्याै के विचार गर्याै
कहिलेकाहीँ मान्छे रहरले पनि नाङ्गिदाे रहेछ
जसरी तिमीले आफ्नै इज्जत माथि प्रहार गर्याै
तिमीलाई हेर्नेहरूकाे ताँती थियाे एक समय
आज कसका लागि यति लामाे इन्तजार गर्याै
तिमीलाई सर्वस्व दिएर हाे उ सडकमा पुगेकाे
म कसरी मनाैँ कि तिमीले उसकाे उद्धार गर्याै
२,
दुखेको थ्यो उसै त मन तिमी आयौ याद बोकेर
भुल्न गाह्रो भएथ्यो झन तिमी आयौ याद बोकेर
खुल्यो पर्दा बज्यो ताली चिरेर मौनता एक्लो
जिन्दगानी भयो मञ्चन तिमी आयौ याद बोकेर
कतै हाँसे कतै रोएँ अल्झिएँ म प्रितमा भन्दै
गरेँ आफैँसँग गन्थन तिमी आयौ याद बोकेर
कति आँसु कति पिडा सहेर हाँसेको छु म
अनगिन्ती सम्झना छन् तिमी आयौ याद बोकेर
***
प्रतिक्रिया
-
४
