– सिता प्याकुरेल

१,
तिम्राे व्यबहार छ घाउमा मल्हमकाे असरजस्ताे ।
याे मन छ पार लाग्दै नलाग्ने खण्डहरजस्तो ।

समाज, ब्यवहार फेरिन समय लाग्छ कुर्नुपर्छ,
हुँदैन बिवाह लगत्तै फेरिने नारीकाे थरजस्तो ।

सम्बन्धहरू पनि त च्यातिदैँ जाँदा रहेछन्,
बषाैँअघि उपहारमा आएकाे मफलरजस्ताे ।

घर-घरमा खबर पुर्याउने हुलाकीकाे घरसम्म,
कहिल्यै खुसी आएन बनेर खुसीको खबरजस्ताे ।

दुलहीले आँफैलाई साेधिरहेछिन् केही प्रश्न??
मनभित्र के छ याे ?कतै रहरजस्तो,कतै डरजस्तो ।

२,
चाेटहरूकाे कारखाना छ,यादहरुकाे सङ्ग्राहालय छ ।
अरे कहाँ संचय गराैँ ? राेगी मस्तिष्क छ,घाइते हृदय छ।

तिमीले कुहाएर फालेकाे बीज हुँ,कमल बनेर फुलेकी छु ।
अझै तिमीमा म प्रति संङ्का छ ?कि तिम्राे बीज हुनुकाे भय छ ?

आफ्नै आमाका सन्तानहरूले कलमलाई बन्दुक सम्झिए,
नतिजा आमाकै इमानकाे हाेलि खेलिँदै छ,मैदान रङ्गमय छ ।

कानुन पढेपछि न्यायकाे खाेजिमा चिहानबाट उठेर आएकी हुँ,
नभन्नुहाेस् हत्याराकाे हातमा कानुन छ,तिम्राे भाग्यमा
पराजय छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर