– भगवती बस्नेत
एउटा ठूलो गाउँ थियो, जहाँ जमिनमुनि सुनकै बराबर मूल्य हुने ‘कालो तेल’ बग्दथ्यो। गाउँका मुखियाले सधैँ भाषणमा भन्थे- “यो तेल तिम्रो हो, यो गाउँ तिम्रो हो, म तिम्रो अभिभावक हुँ।”
सुरुमा जनताले विश्वास गरे। तर बिस्तारै गाउँको भण्डार रित्तिँदै गयो, मुखियाका आसेपासे मोटाउँदै गए। उता जनताको भान्सामा आगो बल्न छोड्यो। एउटा सामान्य सिटामोल नपाएर छोराछोरी मर्न थाले। एक किलो चामल किन्न गाउँलेहरूले महिनाभरिको कमाइ बुझाउनुपर्ने भयो।
त्यो गाउँको सिमाना जोडिएको अर्को शक्तिशाली सहरको ‘साहु’ निकै चलाख थियो। उसलाई त्यो गाउँको दुःखमा दया त लागेको थियो, तर उसको आँखा गाउँको ‘कालो तेल’ मा बढी थियो। उसले गाउँका केही मान्छेलाई उक्साउन थाल्यो र मुखियालाई घेराबन्दीमा पार्यो।
एक दिन, त्यो शक्तिशाली साहुले मुखियालाई पक्रेर आफ्नो सहरको खोरमा हाल्यो। जब यो खबर गाउँमा पुग्यो, मानिसहरू सडकमा निस्किएर नाचगान गर्न थाले।
छिमेकी गाउँका एकजना पण्डितले सोधे— “अरे! तिम्रो गाउँको मुखियालाई अर्कैले पक्रेर लग्यो, यो त राष्ट्रिय अपमान होइन र? तिमीहरू किन उत्सव मनाउँदैछौ?”
एउटा भोको युवकले आँसु पुछ्दै भन्यो— “पण्डित ज्यू, जसले हामीलाई भोकै मार्यो, उसलाई कसले लग्यो भन्ने कुराले हामीलाई फरक पार्दैन। हामीलाई त केवल यो ‘नर्क’ बाट मुक्ति चाहिएको थियो। साहुले तेलका लागि लग्यो होला, तर हामीले त सास फेर्ने हावा पायौँ।”
तर गाउँकै अर्को कुनामा बसेको एउटा वृद्धले चिन्तित हुँदै भन्यो— “अहिले त हाँस्यौ बाबु, तर याद राख, जो साहुले मुखियालाई समातेर लग्यो, उसले अब यो गाउँको तेल सित्तैमा लैजानेछ। हामी एउटा तानाशाहबाट त मुक्त भयौँ, तर अब साहुको दास बन्ने बाटोमा छौँ।”
त्यो दिन गाउँमा उत्सव त थियो, तर भविष्यको अनिश्चितताको बादल पनि उत्तिकै मडारिरहेको थियो।
एउटा ठूलो गाउँ थियो, जहाँ जमिनमुनि सुनकै बराबर मूल्य हुने ‘कालो तेल’ बग्दथ्यो। गाउँका मुखियाले सधैँ भाषणमा भन्थे— “यो तेल तिम्रो हो, यो गाउँ तिम्रो हो, म तिम्रो अभिभावक हुँ।”
सुरुमा जनताले विश्वास गरे। तर बिस्तारै गाउँको भण्डार रित्तिँदै गयो, मुखियाका आसेपासे मोटाउँदै गए। उता जनताको भान्सामा आगो बल्न छोड्यो। एउटा सामान्य सिटामोल नपाएर छोराछोरी मर्न थाले। एक किलो चामल किन्न गाउँलेहरूले महिनाभरिको कमाइ बुझाउनुपर्ने भयो।
त्यो गाउँको सिमाना जोडिएको अर्को शक्तिशाली सहरको ‘साहु’ निकै चलाख थियो। उसलाई त्यो गाउँको दुःखमा दया त लागेको थियो, तर उसको आँखा गाउँको ‘कालो तेल’ मा बढी थियो। उसले गाउँका केही मान्छेलाई उक्साउन थाल्यो र मुखियालाई घेराबन्दीमा पार्यो।
एक दिन, त्यो शक्तिशाली साहुले मुखियालाई पक्रेर आफ्नो सहरको खोरमा हाल्यो। जब यो खबर गाउँमा पुग्यो, मानिसहरू सडकमा निस्किएर नाचगान गर्न थाले।
छिमेकी गाउँका एकजना पण्डितले सोधे— “अरे! तिम्रो गाउँको मुखियालाई अर्कैले पक्रेर लग्यो, यो त राष्ट्रिय अपमान होइन र? तिमीहरू किन उत्सव मनाउँदैछौ?”
एउटा भोको युवकले आँसु पुछ्दै भन्यो— “पण्डित ज्यू, जसले हामीलाई भोकै मार्यो, उसलाई कसले लग्यो भन्ने कुराले हामीलाई फरक पार्दैन। हामीलाई त केवल यो ‘नर्क’ बाट मुक्ति चाहिएको थियो। साहुले तेलका लागि लग्यो होला, तर हामीले त सास फेर्ने हावा पायौँ।”
तर गाउँकै अर्को कुनामा बसेको एउटा वृद्धले चिन्तित हुँदै भन्यो— “अहिले त हाँस्यौ बाबु, तर याद राख, जो साहुले मुखियालाई समातेर लग्यो, उसले अब यो गाउँको तेल सित्तैमा लैजानेछ। हामी एउटा तानाशाहबाट त मुक्त भयौँ, तर अब साहुको दास बन्ने बाटोमा छौँ।”
त्यो दिन गाउँमा उत्सव त थियो, तर भविष्यको अनिश्चितताको बादल पनि उत्तिकै मडारिरहेको थियो।
***
प्रतिक्रिया
-
४
