– सुरेशकुमार पाण्डे
“नमस्ते, म कार्यक्रम सञ्चालक अमर “- अमरले सुरू गर्दा दर्शक दिर्घाले तररर तालि बजाए। हल खचाखच भरिएको थियो किनकि आज लामो समयपछि डाक्टरेटको रिजल्ट घोषणा हुँदैछ ।
अगाडि ठुल्ठूला धनीहरू, डाक्टर, वकिल बसेका थिए।
विनय दम्पती पनि एउटा कुनामा कुर्चिमा बसेका थिए।उनीहरू लजाएका थिए । सुनियो -“डाक्टरेटको उपाधी लिन हुन सिला संसारलाई मञ्चमा आउन हार्दिक अनुरोध गर्दछु।जसले कडा परिश्रम गरेर यो रिजल्टमा सतप्रतिसत नम्बरलिन सफल हुनुभएको छ ।”
सिलाको खुसीको सिमानै रहेन । ऊ उठी र मञ्चमा पुगी । चारैतिर ताली तररर बज्यो । सबै उपस्थितहरू सिला संसारको बा आमालाई ठूला धनी ठानेका थिए।उनिहरूसँग चिनजान गर्ने उत्सुक्ता थियो।
“धन्यवाद सञ्चालक ! कार्यक्रमका अध्यक्ष महोदय तथा आदरणिय उपस्थित सर मैम, मलाई यो डाक्टरको उपाधी दिनु भएकोमा हार्दिक धन्यवाद छ।”- उसले माइक्रोफोन छोपेर भन्दै गई, -“तर म यो डाक्टरको डिग्री मेरै बा आमाको हातबाट लिन चाहान्छु। किनकि यो डिग्रीमा मेरो भन्दा पनि उहाँहरूको बढी योगदान रहेको छ। मेरो बाल्यकाल देखिनै डाक्टर बन्ने चाहाना थियो । मेरो बिवाह पढ्दापढ्दै भयो। त्यो बेला मैले सोचेकी थिएँ अब मेरो सपना कहिल्यै पुरा हुनेछैन् । मलाई जन्मदिने बाबा जीवित भएको भए सक्नु हुन्थ्यो वा सक्नु हुँदैनथ्यो । आज उहाँ हाम्रो बीचामा हुनुहुँदैन तर मेरा ससुरा बा र आमाले मलाई यति ठूलो उपहार दिनु भएको छ।जसलाई मैले कहिल्यै भुल्न सक्दिन।”
हाउसमा बसेका सबैको नजरले सिला संसारका बा आमालाई खोजी रहेका थिए। उनले थपिन्, -“मेरो सासुले मेरो हिस्साको सबै काम गरेर र सुसुरा बाले जीवन भरिको आफ्नो कमाइ लगाएर मलाई यहाँसम्म पुर्याउनु भएको हो। “- सिला संसारले दुबै जनालाई मञ्चमा बोलाउंदै भनी ।
पछाडि बसेका बुढा बुढी जुरूक्क उठे । उनीहरू दुवैजना एक आर्कोको सहारामा मञ्चमा पुगे ।
एकछिन हाउस् चकमन्न भयो । थुप्रैले आपसमा कानेखुसी गरिरहेका देखिन्थे, -“यो बुढा त कल्लु मोची होइन र ? ” मञ्चमा बसेका एकजनाले सुस्तरी अर्काको कानमा भन्यो। एकछिन पछि फेरि हाउस उस्तै तालीले गुञ्जमान भयो।
***
प्रतिक्रिया
-
४
