– शुभचन्द्र राई

भेटिएका धेरै कुराहरू
हराइरहेछ याे समय।
क्रमस हराईरहेछ
गाउँकाे जंगलबाट जिजिविषाका गाेठालाहरू,
लाेप भईरहेछन्
पात बजाउँदै गाईने,जीवन बाेकेका रैथाने भाकाहरू
तर अचम्म!
अझैपनि
जंगली फूलहरूले आशाकाे रङ्गहरू बाेकेर
फूल्ने कला हराएका छैनन्।

चाैतारीकाे फेद उखेल्दै
धुलाम्मे विकाशकाे नागबेलि यात्रा गाउँ छिरेपछि
हरायाे ढाकरहरूकाे बिसाैनी
छुटिगयाे टेकुवामा ढाकर टेकाएर
जीवन उचाल्ने कर्मठ चेहरा
र पनि खै कुन लाेभले हाे,
सपनाकाे बिउ राेपिहिँड्ने
बुढाे बाउसेहरूकाे धुमिल पदचाप पछ्याँउदै,
समयकाे लय बाेकेर गाेरेटाे ,हिँडिरहेकै छ अनन्तसम्म।

ढुङ्गामै पुजिने,पातैमा ढाेगिने देउताहरू
खै कुन डरले हाे वा साैखले
सिमानासहितकाे मन्दिरतिर पसेपछि
हराउलाजस्ताे लागेकाे त
उही आश्थाकाे फूलपातिहरू न हुन्
तर पनि
खै कुन आशाले हाे
अस्थिपन्जरै बाेकेर पनि डाँडामा देउरालीहरू
उभिरहेकै छन् है आफैँलाई विस्वास गरेर।

शहर बनाएँ भन्नेहरूले खै के बनाए?
घर बनाएँ भन्नेहरूले खै के बनाए?
भिड देखिने,भाव नदेखिने
हृदयहिन भिडले शहर ठडिएपछि।
भत्किँदै गएकाे छ
लेकतिर भेडा बथानकाे पछिपछी देखिने
एउटा दुर्लभ मुस्कानकाे आयतन
र पनि
खै कुन (सम्माेहनले ) स्वार्थले हाे
फूलाउँदै दृढ अठाेटकाे लालिगुरास
सहेरै पनि दुखकाे बाढी पहिराे,
उभिरहेकै छन्  अटल पहाडहरू।

हराउने क्रममा कुनै बिहान मिर्मिरेमै
तिमीसंगै हराएकाे  थियाे गाउँ,
प्रत्येक दशैंमा मच्चिने लिङ्गेपिङकाे झड्काहरू
राेटेपिङकाे फन्काेहरू
गाेरेटाेहरू
मेलापात र जात्राकाे राैनकहरू।
बेपत्ता भएकाे थियाे
हावाहरूमा खेल्ने कविताकाे विम्ब
बादलहरूसंग डुल्ने प्रेमभावकाे आकृतिहरू।
तर
तिमिले मन फेर्याै भन्दैमा
खै किन हाे?
अझै फेरेकाे छैन इन्द्रेणीले
आकाशमा टाँग्ने विविधताकाे सर्वकालिन रङ्।।
बदलेकाे छैन हावाले बाटाे
बदलिएकाे छैन खाेलाहरूकाे लय।

साथी !
आशा मर्याे भन्दै चुँडिईरहेकाे मनहरू हाेलान
विस्वास सकियाे भन्दै उडिरहेका सपनाहरू पनि हाेलान
तर
खै कस्ताे अभिलाषाले हाे
खण्डहर बन्दै गरेकाे याे माटाेले
मारेकाे छैन तिम्रो आश।

मेटिँदै गएपनि पँधेरीकाे बाटाे
छेकिँदै गएपनि समयकाे अनुहार
पुरिँदै गएपनि धुमिल स्मृतिमा पाैडिने आहालहरू
खै कुन विश्वासले हाे?
तिमिले भाँडाकुटी खेलेर हुर्किएकाे आगनमा
झाेक्राईरहेकाे एउटा सिलि
तिमिले आश्थाकाे बुईगलमा थन्क्याईगएकाे
ढाेलकाे एउटा जाेशिलाे आवाज पर्खिरहेछ।

***

प्रतिक्रिया

सम्बन्धित खवर