✍️ रामशरण श्रेष्ठ
गजल – एक
भगवान सँगै मन्दिर हराएको छ ।
उस्को प्रेमिकाको तस्विर हराएको छ ।
स्कूल पठाएको उस्को एउटै सन्तान
आज लाश भेटियो शिर हराएको छ ।
साहुको खेत जिन्दगी भर जोतेपछि
यो बुढेसकालमा जागिर हराएको छ ।
म देख्छु सामुन्ने छन् सबै गन्तब्यहरू
लाश भईएपछी पिर हराएको छ ।
गजल – दुई
जब प्रेमको, पुजारी भैदिन्छ
सद्दे मान्छे, बिमारी भैदिन्छ
नियत खराब, उसैको रहेछ
साथी संगी, सिकारी भैदिन्छ
तिमी यता, हेर्दै नहेर्नु है
नजर नजर, जुहारी भैदिन्छ ।
धेरै धनको, धमण्ड नर्गनु
करोडपती, भिखारी भैदिन्छ
शरीर अमर, कसैको हुँदैन
असल कर्म, चिनारी भैदिन्छ
प्रतिक्रिया
-
४
