✍️ प्रकाश निश्चल

 गजल – एक

सपना जति सारा यी दुई आँखामा बसेर
सकियो जिन्दगी अभावको लफडामा बसेर

बाबाको मिसकलको घण्टी भर्खर कट्यो
घरबेटी भाडा मागिरहेछन ढोकामा बसेर

अन्याथा नलिनु पटकै सुरक्षा दिन सकिन
भन्दै काडा बिझायो चप्पल पैतालामा बसेर

प्रिय, दाहिने कोठामा बसेकी छन् मेरी आमा
रेखदेख गर्नु तिमी मुटुको देब्रे कोठामा बसेर

जिन्दगी धितो राखेको छु यी पैसाको लागि
आज उसले मार्न खोज्यो मेरै गोजामा बसेर

गजल – दुई

दुःख पनि छैन धेरै दुःखी पनि छैन
तर फेरि मनमा सन्तुष्टि पनि छैन

म घाइते छु मलाई उठाउन नखोज
मेरो उठेर दौड्ने स्थिति पनि छैन ।

बाध्यता थियो रहर थिएन बदलिनु म
बदलिए तर बदलिएर खुसी पनि छैन

ए मुटु कति अरुको लागि धड्किन्छस
भो तेरो लागी अब म तड्पिनी पनि छैन

तिमी, तिम्रो मन,तिम्रो माया के वर्णन गरुँ
त्यति सुन्दर छ जति प्रकृति पनि छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर