✍️ कैलाश खत्री
गजल – एक
आँखामा कसिङ्गर आयो यसै बेलामा
उज्यालोमै अँध्यारो छायो यसै बेलामा
कहिल्यै धोका दिन्न प्रेमिकाले भनिन्
प्रेमीले धोका पायो यसै बेलामा
सुन सुनसँगै फलाम फलामसँगै सुहाउँछ
आफन्तले औकात सम्झायो यसै बेलामा
पौडि खेल्न सक्दिन मात्रै के भनेथेँ
साथीले नदिमा डुबायो यसै बेलामा
औषधि खाँदा घरजग्गा सिद्धिए पछि
एक रहरले जहर खायो यसै बेलामा
लाग्थ्यो बहुत खुसी हुन्छ कोईली चरी
यार बिरहको गीत गायो यसै बेलामा
गजल – दुई
जूनमा रिमै जूनकीरीले घर बनायो ।
फूलमा रिमै भमराले शहर बनायो ।
हिजोसम्म नौनी थियो दुनियाँको अघि,
आज रिमै उचाईले पत्थर बनायो ।
सपना थियो प्रेममा हिऊँचुली चुम्ने,
मलाई रिमै मयालुले बगर बनायो ।
उनको अघि इच्छा दबाई रुनुपर्ने रे,
मनमा रिमै कुन दैवले डर बनायो ।
आगो लगाऊ ढुङ्गा हान फरक पर्दैन,
चोटले रिमै यो मनलाई सागर बनायो ।
प्रतिक्रिया
-
४
