✍️ प्रदिप नेपाली
मुक्तक – एक
यो मनमा, पिर, ब्यथा, बाधा अचेल परिरहन्छ
जसरी, तिम्रै यादमा आँखाबाट, आँसु झरिरहन्छ
म त, श्रद्धाञ्जली नै दिन चाहन्छु, तिम्रा यादहरूलाई
तर,मनले सधै शिघ्र, स्वास्थलाभको कामना गरिरहन्छ
मुक्तक – दुई
घरमा गर्नु पर्छ दुःख परिश्रम बाँझो खनी, बारी बनाएर
आटो, ढिँडो पाक्छ, भात खानुपर्छ, महिनौ पारि बनाएर
सुने तिमी त धनी मान्छे, पिज्जा खाने सोचमा छौ होला
यार म त गरिब, चौलानी पनि खानु पर्छ, तरकारी बनाएर।
मुक्तक – तीन
मनभरी आशा, सधै, छातीमा तस्बिर, चुमाएर सकियो
यो मन नजर, यता कता, सधैंभरी, घुमाएर सकियो
मनमा डर थियो तिमीलाई, गुमाउँछु कि भनेर, प्रिया
यार, तिमीलाई गुमाउने डर, तिमीलाई गुमाएर सकियो।
मुक्तक – चार
दुःखै दुःखमा भएपनी यसो दुःख भगाउनी होईन र
यो गरिबले पनि केही पैसा पायो मगाउनी होईन र
कति बस्छौं हात खाली राखी धागो बाँधेर,यसपाली
साउन लागि सक्यो प्यारी चुरा लगाउनी होईन र
मुक्तक – पाँच
मैले,दिएकै हो माया,उसलाई जीवन भरीको मैले बुझ्नै सकिन
बोकेर उसकै मनभरि माया, घरीघरीको, मैले बुझ्नै सकिन
यार मैले आफै नबुँझेको कुरा, मेरी प्रेमिकाको आँखामा आज
कसले, उडाँईदियो रङ्गिन बेलुन, थरीथरीको,मैले बुझ्नै सकिन।
प्रतिक्रिया
-
४
